शेरबहादुर तामाङ मात्रै होइन आफ्नै बोलीले पद गुमाउने यस्ता छन् हस्तीहरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ९, २०७५
|
|
२५ पटक हेरिएको
Shares
शेरबहादुर तामाङ मात्रै होइन आफ्नै बोलीले पद गुमाउने यस्ता छन् हस्तीहरु

सारांश

  • काठमाडौं, ९ साउन ।
  • कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफ्नै बोलीमा लगाम नहुँदा मंगलबार मन्त्री पदबाट राजीनामा दिएका छन् ।
  • गत ४ साउनमा चावहिलको एक विद्यालयमा गरेको भाषणले उनलाई विवादित बनाएपछि तामाङले मन्त्री पदबाट राजीनामा दिन वाध्य पारिएका हुन् ।

काठमाडौं, ९ साउन । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफ्नै बोलीमा लगाम नहुँदा मंगलबार मन्त्री पदबाट राजीनामा दिएका छन् । गत ४ साउनमा चावहिलको एक विद्यालयमा गरेको भाषणले उनलाई विवादित बनाएपछि तामाङले मन्त्री पदबाट राजीनामा दिन वाध्य पारिएका हुन् ।

भाषणका क्रममा “बंगलादेशमा एमबीबीएस अध्ययन गर्ने नेपाली छात्राहरूले प्रमाणपत्र लिनका लागि शरीर सुम्पनु परेको” भन्ने अभिव्यक्ति उनी आफैलाई निकै महङ्गो सावित भयो । एक त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री कुनै साइनोले पनि विद्यालयको कार्यक्रममा जानै हुँदैनथ्यो । गइहाले पनि मन्त्रीले तथ्य र प्रमाणबिना सुनेकै आधारमा भाषण ठोकेपछि उनले यो हाल ब्यहोर्नु परेको हो ।

मन्त्री तामाडको अभिव्यक्तिले महिलाको आत्मसम्मानमा गम्भीर चोट पुराएको भन्दै चारैतिर उनको तीब्र आलोचना भएको थियो । सामाजिक सञ्जालहरुमा समेत उनीमाथि सबै खनिएका थिए । मन्त्री भएको ४ महिना ८ दिनमा तामाङ मन्त्री पदबाट राजीनामा दिएर सिंहरदबारबाट बिदा भएका हुन् ।

विवादित बनेपछि पद गुमाउने मन्त्री शेरबहादुर तामाङ मात्रै होइनन् । यसअघि पनि थुप्रैले विवादमा तानिएपछि राजीनामा दिएका थिए । त्यस्ता पात्रहरुमा विशेषतः ऊर्जामन्त्री राधा ज्ञवाली, अर्थराज्यमन्त्री ल्यारक्याल लामा, बनमन्त्री मात्रिकाप्रसाद यादव, कृषिमन्त्री हरि पराजुली तथा रक्षामन्त्री शरदसिंह भण्डारी लगायतका हस्तीहरु छन् ।

राधा ज्ञवाली
एमाले नेतृ राधा ज्ञवाली ऊर्जामन्त्रीको पदमा रहँदा सोलु करिडोर प्रसारण लाइन निर्माणमा अनियमितता गरेको भन्दै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले अख्तियारको आग्रहमा उनलाई पदबाट बर्खास्त गरेका थिए । १३२ केभी क्षमताको उक्त प्रसारण लाइन निर्माणमा ठेक्का प्रक्रिया पूरा नगरी अनियमितता गरेको आरोपमा ज्ञवालीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ असोज ०७२ मा कारबाही गर्न सिफारिस गरेको थियो । राधा ज्ञवाली हाल प्रतिनिधिसभाकी सांसद छिन् ।

ल्यारक्याल लामा
पहिलेदेखि नै विवादित छवि भएका ल्यारक्याल लामाको पद खोसिनुको पछाडि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग थियो । दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैंकको लकरमा अनुसन्धानका क्रममा अख्तियारले १४ थान गोली फेला पारेको थियो । उनीसँग दोहोरो नागरिकता भएको समेत खुलेको थियो । झलनाथ खनालको प्रधानमन्त्रीत्वकालमा अर्थराज्य मन्त्री रहेका लामासँग चीनको समेत नागरिकता रहेको सार्वजनिक भएको थियो । उनी माओवादी केन्द्रको तर्फबाट मन्त्री भएका थिए ।

हरि पराजुली
पदअनुसारको आचरण नगरी बहकिँदा पद गुमाउने मध्येका कृषिमन्त्री हरि पराजुली थिए । १५ असार २०७२ मा काठमाडौंको मुलपानीमा धान दिवसका अवसरमा रोपाई गर्न गएको बेला रोपाहार महिलासँग अश्लील व्यवहार गर्दै गरेको भिडियो र तस्बीर सार्वजनिक भएपछि उनको व्यापक आलोचना भयो र उनी मन्त्री पद त्याग्न बाध्य भएका थिए । सार्वजनिक कार्यक्रममा खैनी माडेर सेवन गर्दै थुकेको कुराले पनि उनको निकै आलोचना भएको थियो । तत्कालीन नेकपा (एमाले)बाट मन्त्री भएका उनी प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा सहभागी थिए । आफूले अश्लील व्यवहार नगरेको दावी गरिरहँदा पनि प्रधानमन्त्री सुशील कोइरालाले उनलाई बर्खास्त गरेका थिए ।

दिलनाथ गिरी
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा राप्रपाबाट शहरी विकासमन्त्री मन्त्री भएका थिए दिलनाथ गिरी । सोही सरकारमा उपप्रधानमन्त्रीको जिम्मेवारीमा रहेका आफ्ना पार्टी अध्यक्ष कमल थापासँग मनमुटाव बढेपछि मन्त्रिपरिषद बैठकमै थापाले गिरीलाई एक्कासी मन्त्री पदबाट राजीनामाको माग गरे । राजीनामा नदिएपछि उनलाई “मन्त्रीबाट फिर्ता बोलाउने” आशयको पत्र प्रधानमन्त्री देउवालाई थापाले थमाए । सोही पत्रका आधारमा १४ पुस २०७४ का दिन दिलनाथ गिरी पदमुक्त भएका थिए ।

शरतसिंह भण्डारी
तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मन्त्रिमण्डलमा रक्षामन्त्री थिए शरतसिंह भण्डारी । उनले मन्त्री पदमा रहँदा तराई÷मधेसका २२ जिल्लाका जनताले निर्णय गरे विभाजित हुनसक्ने अभिव्यक्ति दिएकै कारण आफ्नो पद गुमाउनु परेको थियो । “तराई नेपालबाट छुट्टिन कसले रोक्छ ?” भन्ने उनको अभिव्यक्ति उनैमाथि आएर बज्रिएको थियो । तत्कालीन फोरम लोकतान्त्रिकका नेता भण्डारीले १ असोज २०६८ मा त्यस्तो अभिव्यक्ति दिएका थिए । निकै लामो समयसम्म विवादित बनेपछि उनले अन्ततः २ कार्तिक २०६८ मा राजीनामा दिएका थिए ।

मातृकाप्रसाद यादव
तत्कालीन नेकपा (माओवादी)का तर्फबाट बनमन्त्री बनेका मातृकाप्रसाद यादव निकै चर्चित र विवादास्पद मन्त्रीहरुमध्येका एक थिए । कहिले स्थानीय विकास अधिकारीलाई शौचालयमा थुन्ने त कहिले आफ्नै प्रधानमन्त्रीसँग ठाडो बोलेका कारण उनी विवादमा तानिएका थिए । गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिमण्डलमा यादवले वातावरण विनाश गरी अवैधरुपमा ढुंगाखानी सञ्चालन हुँदा समेत कारबाही नगरेको भन्दै ललितपुरका तत्कालीन स्थानीय विकास अधिकारीलाई मन्त्रालयको शौचालयमा थुनेका थिए ।

स्थानीय विकास अधिकारीलाई शौचालयमा थुनेको विषयलाई लिएर प्रधानमन्त्री र मन्त्रीबीच विवाद चर्कदै गएपछि प्रचण्डले उनलाई राजीनामा गर्न लगाएका थिए । हाल उनी केपी ओली नेतृत्वको सरकारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारीमा छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Dinesh KC

    सब चोर हरु केपि प्रचण्ड का नै रहेछन नि त ।।।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारी: पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु
वैदेशिक रोजगारी: पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु
कुलमानको चेनावनीपछि चिनिया कम्पनीले ढल्केबरमा सबस्टेसन निर्माणको काम सुचारु गर्यो
कुलमानको चेनावनीपछि चिनिया कम्पनीले ढल्केबरमा सबस्टेसन निर्माणको काम सुचारु गर्यो
अपराधको नयाँ रुप : नेपालमा बसेर अस्ट्रेलियामा आतंक !
अपराधको नयाँ रुप : नेपालमा बसेर अस्ट्रेलियामा आतंक !
डीआईजी सिलवालको राजीनामा स्वीकृति पत्र गृह मन्त्रालयबाटै गायब
डीआईजी सिलवालको राजीनामा स्वीकृति पत्र गृह मन्त्रालयबाटै गायब
अर्थमन्त्री नआएको भन्दै एमाले सांसदले विरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित
अर्थमन्त्री नआएको भन्दै एमाले सांसदले विरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित
गोरखामा जन्ती बस दुर्घटना, ६ जनाको मृत्यु
गोरखामा जन्ती बस दुर्घटना, ६ जनाको मृत्यु
राष्ट्रिय गौरवका आयोजनाको बजेट घट्यो
राष्ट्रिय गौरवका आयोजनाको बजेट घट्यो
निर्मला हत्या प्रकरणः आठ प्रहरीमाथि मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
निर्मला हत्या प्रकरणः आठ प्रहरीमाथि मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
बाहिर जति हल्ला छ त्यस्तो खालको बिवाद युवासंघमा छैन .अमित लामा/
बाहिर जति हल्ला छ त्यस्तो खालको बिवाद युवासंघमा छैन .अमित लामा/
चौंरी बिक्री नहुँदा सास्ती
चौंरी बिक्री नहुँदा सास्ती

तपाईंले छुटाउनुभयो कि?