जुवाडेको कथा, काङ्ग्रेसको मति र मध्यावधीको राग

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २३, २०७६
|
|
२६ पटक हेरिएको
Shares
जुवाडेको कथा, काङ्ग्रेसको मति र मध्यावधीको राग

सारांश

  • राजेन्द्र बानियाँ एउटा गाउँमा नामुद जुवाडे थियो ।
  • उसको काम भनेकै हरेक दिन जुवाको खालमा भिड्ने हुन्थ्यो ।
  • घरमा खाना छ कि छैन,छोराछोरीको पढाइ के भैरहेको छ, श्रीमती बिरामी भएको पनि उसलाई वास्ता हुन्नथ्यो ।

राजेन्द्र बानियाँ
एउटा गाउँमा नामुद जुवाडे थियो । उसको काम भनेकै हरेक दिन जुवाको खालमा भिड्ने हुन्थ्यो । घरमा खाना छ कि छैन,छोराछोरीको पढाइ के भैरहेको छ, श्रीमती बिरामी भएको पनि उसलाई वास्ता हुन्नथ्यो । परिवार र नातागोता उसको बानीबाट दिक्क भैसकेका थिए । समाजमा पनि उसको पहिचान नै ब्याबसायिक जुवाडेको भैसकेको थियो । सामान्यतस् उसलाई समाजका कुनै भेला, बैठक या पर्बमा समेत उसलाई कसैले बोलाउँदैन थिए । उ पनि बेपर्बाह हुँदै गयो । हमेसा जुवाको खालमा रातोदिन निर्लिप्त हुनु उसको दैनिकी थियो । सँधै आइतबार हुँदैन, एक दिन घरमा उसको बुवाको निधन भयो, एक्लो छोरो जुवाकै खालमा बाजी हानिरहेको थियो । द्रौपदीलाई बाजी लगाउने पाण्डब जस्तो जुवाडे पारिवारिक जिम्मेवारीमा भने क्रुसो जस्तो थियो । संस्कार अनुसार पनि छोरो आउनु जरुरी थियो लासलाई काँध थाप्न । कोहि उसलाई बोलाउन गयो । बुबा बितेको खबर सुनेसी खालमा बिबेक र पुत्र धर्मसमेत दाउ लगाइसकेको छोरोले भन्यो ‘म ब्यस्त छु लास यहि बाटो ल्याउनु ।’

यो कथाको सार र नेपालका केही काङ्ग्रेसीको मति मेल खान्छ । काङ्ग्रेस सत्ताबिना बाँच्न सक्दैन भन्ने पुष्टि भएकै छ । सत्ताबिना पानीबिनाको माछो हुने काङ्ग्रेसजनले कम्तिमा नि हिन्दु धर्मानुसार चैतमा बाजाको अपेक्ष्या गर्दैनन् भन्ने पनि भुल्छ । हुन त लाज र सरम भन्दा अघि नैतिकता प्राथमिक शर्त हो ।

आफुले दुई तिहाई पाएको बेला ढङ्ग नपुर्याउने काङ्रेस १७ सालको गलत इतिहास पढाएर बारम्बार सत्तामा पुगेको हो । तात्कालिक राजा महेन्द्रको सनकभन्दा बढी १७ साल आउनु काङ्ग्रेसको नाताबाद र कृपाबादबाट दिक्क जनताको सत्ता र नेताप्रतिको अनास्था कारण थियो,बिगतमा नेपालको मन्त्री परिषद बैठकमा भारतीय प्रतिनिधि राख्न सहमती गर्नेदेखी भारतबाट प्रधानन्यायाधीश झिकाउँदा आँखा चिम्लने र नाफामा झिम्काउने काङ्रेस दिल्लीसङ्ग सम्बन्ध बिग्रेकाले मध्यरातमा बास्ने भालेजस्तो बनेको थियो । यसैको परिणाम दुई तिहाईको सत्ताबाट हात धुन बाध्य भयो । ३० बर्षको पन्चायतमा पनि राजाकै नुनपानी र मेजमानीमा ब्यन्जन खाने नेतालाई महामानब मानेको काङ्रेस यतिबेला मलाम जाँदा रोदी गाउन लागेको छ, त्यो नि मध्यावधीको ।

नेपाली जनताको स्मरण शक्ति कमजोर छ, सानो खुसीमा लाख खुन माफ गर्ने बानी नेपाली जनताको छ । तर जनताको त्यो कमजोरीमा टेकेर काङ्ग्रेसका केही नेताले भ्रष्टाचारीलाई कारबाही गर भन्दा त कत्ती सुहाउन्न( सिङ्गै जहाज खाने, नदीको साटो मन्त्री साट्ने अनि सबभन्दा धेरै पुर्ब मन्त्री भ्रष्टाचारमा जेल गएको पार्टी हो काङ्रेस । हिजो काङ्रेसले कमाए अनि देश लुटे भनेर रेलिङ भाच्नेदेखी १७ हजार जनताको बाजी थाप्नेनै हात्ती र हात्ती छाप चप्पल बनेकाले त मत माग्न र सत्तामा जान लाज मान्न नपरेको होनी नि तिमीहरुलाई ।

नत्र सारा उद्योग पोलेर खरानीको व्यापार गर्ने को थियो ? निजीकरणका नाममा सार्वजनिक संस्थान धरासायी बनाउने को थियो?सत्ता टिकाउन पुरुषलाई पनि गर्भवती हुने औषधी र सुरासुन्दरीको पसल थाप्ने को थियो ? अनि सुबिधाजनक बहुमत हुँदै मध्याबधीमा मुलुकलाई होम्ने को थियो ? मध्याबधीपछि लुटको स्वर्ग भत्केपछि सरकार ढाल्न पुर्बपन्चको घरमा डेरा सर्ने को थियो ?

न काङ्ग्रेसलाई गणतन्त्र फाप्यो न संविधान सभा ! हुन त स्वयम् काङ्ग्रेसका तात्कालिक सभापतिले नै धर्मनिरपेक्षता त पत्तै नभई निर्णय भएछ भन्थे । त्यति ठूलो निर्णय हुँदा त थाहा नपाउनेलाई सत्तामा जनताले बारम्बार पुर्याएकै हुन् । तर भ्रम पालेका कांग्रेसी, जनताले तिमिलाई मन पराएर भन्दा अरु नालायक भएर या बिकल्प नभएर जिताएका हुन् ।तर बाह्र बर्ष कुकुरको पुच्छर ढुंग्रोमा हाल्यो ढुङ्रै बाङ्गो ।

जनताले नपत्याएर, दिक्क भएर म्याद नाघेका अधिकाम्स नेताको दौलत काङ्रेसलाई ७४ को चुनाबमा जनताले प्रतिपक्षमा पुर्याइदिए । तर, गल्लीबाट उठाएको एल्सेशन नै दरबारमै लगेनी खोज्ने त उही गल्लीकै हो नि बिहान बिहान । अहिले १७ पल्ट लड्दा पनि नथाकेका काङ्रेसका एक नेतालाई सर्बदलीय सरकार चाहिएको छ । पार्टीमा सभापतिले दुई टुक्रा नियुक्तिका नाममा मिल्काइदेका ती नेताले सत्तामा बस्दा छोरा, छोरी र ज्वाइँ बाहेकलाई के नै गरे ? अनि काङ्रेसको लोकतन्त्रमा चुनाबको अभिमत ५ बर्ष हो भन्ने नि मेटियो र ? कि तिम्रा लागि सत्ता बाँडी खाने रोटिमात्र हो ? मिलिजुली चुँडेर खाएकै छौ त ? नत्र वाइडबडीको छानबिन हुँदैनथ्यो त ? हुँदाहुँदै अर्को धुन्धुकारीलाई त मध्याबधी चाहियो रे ।

मुलुक कोरोनाको संक्रमणमा गुज्रेको छ, सत्तामा रहेकाले मह काट्लेले हात चाटे हुन्थ्यो, मौरी नै फ्राई गरे । तर त्यसको अर्थ भाले मध्यरातमा किन बास्या ? तिमीलाई थाहा छ हैन, मध्यरातमा बास्ने भालेलाई काटेर धुरी कटाउन पर्छ । तेतिका लागि किन मध्याबधी, दुई बर्ष बाँच न, त्यसपछि तिमिलाई धुरी नि कटाउँला अनि कात्रोको खल्तिमा हात हाल्नेको हिसाब पनि त्यतिबेलै मिलाउँला । कुबेलामा सनाई बजाउन बन्द गर ।।
(बानियाँ एभिन्यूज खबरका बरिष्ठ कार्यक्रम प्रस्तोता हुन् )

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यू–१९ विश्वकप छनोट आजदेखि : छनोट हुने नेपालको लक्ष्य
यू–१९ विश्वकप छनोट आजदेखि : छनोट हुने नेपालको लक्ष्य
पत्नीको विहे प्रेमीसँग गराउँदै छोरा पनि उपहारमा
पत्नीको विहे प्रेमीसँग गराउँदै छोरा पनि उपहारमा
भेनीसमा खुलेकी सुहाना,हेर्नुहोस् हट तस्विर
भेनीसमा खुलेकी सुहाना,हेर्नुहोस् हट तस्विर
सांसद राजिव पहारी फेवाताल संरक्षणमा,  ३ जना सांसदले दिए साथ !
सांसद राजिव पहारी फेवाताल संरक्षणमा, ३ जना सांसदले दिए साथ !
उचित मूल्य नपाएको भन्दै किसानले सडकमा तरकारी फाले
उचित मूल्य नपाएको भन्दै किसानले सडकमा तरकारी फाले
सिके राउतको नेतृत्वमा ‘जनमत पार्टी’ गठन, यस्ता छन् निर्णयहरु ।
सिके राउतको नेतृत्वमा ‘जनमत पार्टी’ गठन, यस्ता छन् निर्णयहरु ।
मन्त्री लालबाबुले अटेरी कर्मचारीलाई जागिरबाटै हटाउने तयारी
मन्त्री लालबाबुले अटेरी कर्मचारीलाई जागिरबाटै हटाउने तयारी
हनीमून क्यान्सील गरेकि सोनम कपूरको साडी अवतार!
हनीमून क्यान्सील गरेकि सोनम कपूरको साडी अवतार!
giris və qeydiyyat, bonuslar bukmeker veb saytında mosbe
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”

तपाईंले छुटाउनुभयो कि?