खोप लगाएको कार्डबिना सार्वजनिक स्थानमा प्रवेश निषेध

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २५, २०७८
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • के तपाईंसँग कोरोना भाइरसविरुद्धको खोप लगाएको प्रमाणको कार्ड छ रु छ भने साथमा लिएर हिंडनुहोला ।
  • यदि छैन भने खोप लगाउने प्रक्रियामा गइहाल्नुहोला ।
  • अन्यथा ३ माघबाट तपाईंका लागि सार्वजनिक स्थलमा प्रवेश निषेध हुनसक्छ ।

के तपाईंसँग कोरोना भाइरसविरुद्धको खोप लगाएको प्रमाणको कार्ड छ रु छ भने साथमा लिएर हिंडनुहोला । यदि छैन भने खोप लगाउने प्रक्रियामा गइहाल्नुहोला । अन्यथा ३ माघबाट तपाईंका लागि सार्वजनिक स्थलमा प्रवेश निषेध हुनसक्छ ।

सरकारले कोरोना भाइरसको खोप लगाएको कार्ड अनिवार्य गरेको छ । यो नियम ३ माघबाट लागू हुनेछ । कार्ड विना सार्वजनिक स्थलहरुमा प्रवेश निषेध हुनेछ ।

सरकारी कार्यालय, होटल, सपिङ कम्प्लेक्स, सिनेमाघर, रंगशाला, हवाई यात्रा गर्दा खोपकार्ड अनिवार्य गरिएको छ ।

भ्याक्सिन लगाएको कार्ड मोबाइलमा देखाएपनि हुने कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले जानकारी दिएको छ । कार्ड विना सार्वजनिक स्थलहरुमा रोक लगाइने भएसँगै खोप अभियानलाई तिव्रता दिने तयारी समेत भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?