मोबाइलमा सबैभन्दा बढि खर्च गर्ने कुलमान, कति ?
सारांश
- काठमाडौं, माघ २२ ।
- तपाईं मोबाइल कुराकानीमा कति पैसा सक्नुहुन्छ ?
- साताको १०० रुपैयाँ ?
काठमाडौं, माघ २२ । तपाईं मोबाइल कुराकानीमा कति पैसा सक्नुहुन्छ ? साताको १०० रुपैयाँ ? कि दिनको १०० रुपैयाँ ? वा यो भन्दा धेरै ?
यसको जवाफ व्यक्तिपच्छे फरक–फरक हुन सक्छ । तर मोबाइल सेवामा सबैभन्दा बढी रकम खर्च गर्ने व्यक्तिको हामी तपाईंलाई चिनाउँदै छौँ ।
व्यक्तिगत समूहतर्फ नेपाल टेलिकमको पोस्टपेड मोबाइल सेवामा सबैभन्दा बढी रकम खर्च गर्ने व्यक्ति हुन् नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ।
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीका अनुसार घिसिङले यो वर्षमात्र आफ्नो मोबाइल सेवाबापत् एक लाख ९७ हजार खर्च भुक्तानि गरेका छन् ।
नेपाल टेलिकमको १४ औँ वार्षिकोत्सव समारोहका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सबैभन्दा बढी रकम खर्च गरेका ग्राहकलाई सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सम्मान गरेका थिए ।
प्रिपेड सेवातर्फ सबैभन्दा बढी रकम खर्च गर्नेमा पत्रकार पुष्प दुलाल छन् । उनले यो वर्ष ६४ हजार रुपैयाँ खर्च गरेका छन् । मन्त्री बस्नेतले पत्रकार दुलाललाई सम्मान गरे । कार्यक्रममा घिसिङ भने उपस्थित थिएनन् ।
संस्थागत तर्फ सबैभ्दा बढी रकम खर्च सूर्य नेपालले गरेको छ । उसले ९ लाख ८६ हजार रुपैयाँ खर्च गरेको छ ।
Yuba Raj Bhusal
हाहाहा मोबाइल मा घिसिङ, उपचार मा ओली