आजदेखि त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा संचालन, यस्तो छ तयारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ७, २०७५
|
|
४५ पटक हेरिएको
Shares
आजदेखि त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा संचालन, यस्तो छ तयारी

सारांश

  • जेठ ७, काठमाण्डौ ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन अवधि तीन घण्टा थप भएको छ ।
  • यसअघि दैनिक १८ घण्टा संचालन हुने विमानस्थल सोमबारबाट २१ घण्टा सञ्चालनमा आउने भएको हो ।

जेठ ७, काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन अवधि तीन घण्टा थप भएको छ । यसअघि दैनिक १८ घण्टा संचालन हुने विमानस्थल सोमबारबाट २१ घण्टा सञ्चालनमा आउने भएको हो ।

दैनिक २१ घण्टा विमानस्थल सञ्चालन हुँदा उडान अवतरणको चाप घट्ने र जहाजलाई आकाशमै ‘होल्ड’ गर्नुपर्ने समस्या समाधान हुने विश्वास छ ।

यसअघि साढे १२ बजेसम्म सञ्चालन हुँदै आएको विमानस्थल आजबाट बिहान ६ बजेदेखि अर्को दिन बिहान तीन बजेसम्म सञ्चालन हुन्छ ।

त्रिभुवन विमानस्थललाई २१ घण्टा सञ्चालन गर्न चाहिने एटीसीलगायत आवश्यक जनशक्ति व्यवस्थापन भइसकेको छ । त्यसैगरी अतिरिक्त समय खटिने कर्मचारीहरुलाई प्रोत्साहन भत्ता दिने निर्णय पनि गरिसकेको छ ।

यसअघि पर्यटन मन्त्री रविन्द्र अधिकारीले एक सय दिने कार्ययोजना सार्वजनिक गर्दै दैनिक २१ घण्टा विमानस्थल सञ्चालन गर्न निर्देशन दिएका थिए । मन्त्री अधिकारीकै अवधारणाअनुसार विमानस्थल संचालनको अवधि थपिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मापसेमा ४३९ चालकको लाइसेन्स निलम्बन
मापसेमा ४३९ चालकको लाइसेन्स निलम्बन
मौसम पूर्वानुमान : यी दुई प्रदेशमा वर्षाको सम्भावना
मौसम पूर्वानुमान : यी दुई प्रदेशमा वर्षाको सम्भावना
सिंहसँगै सुत्ने अनौठो शौख भएका पाकिस्तानी नागरिक
सिंहसँगै सुत्ने अनौठो शौख भएका पाकिस्तानी नागरिक
केपी ओली र एकनाथ ढकालबीच बैंककमा भेट, यस्तो भयो कुराकानी
केपी ओली र एकनाथ ढकालबीच बैंककमा भेट, यस्तो भयो कुराकानी
Hina Khan’s sensuous avatar in ‘Bhasoodi’ teaser will blow your mind away, watch
Hina Khan’s sensuous avatar in ‘Bhasoodi’ teaser will blow your mind away, watch
फेसबुक चलाएर बस्ने विमानास्थलका कर्मचारीलाई कारवाही हुन्छ, चलाउनेको फोटो संकलन भइसक्योः पर्यटनमन्त्री भट्टराई
फेसबुक चलाएर बस्ने विमानास्थलका कर्मचारीलाई कारवाही हुन्छ, चलाउनेको फोटो संकलन भइसक्योः पर्यटनमन्त्री भट्टराई
टोलैभर बिहे रोकियो
टोलैभर बिहे रोकियो
सर्वोच्च अदालतले अस्वीकार गर्यो संविधान संशोधन विधेयक रोक्ने रिट…
सर्वोच्च अदालतले अस्वीकार गर्यो संविधान संशोधन विधेयक रोक्ने रिट…
एसिया कप छनोटः नेपाललाई पाँचाै सफलता, कप्तान रथ भए सन्दिपकाे शिकार
एसिया कप छनोटः नेपाललाई पाँचाै सफलता, कप्तान रथ भए सन्दिपकाे शिकार
सर्वेन्द्र खनाल भन्छन्,– काठमाडौँ क्षेत्र नं ६ मा नमूना समाज निर्माण गर्छु
सर्वेन्द्र खनाल भन्छन्,– काठमाडौँ क्षेत्र नं ६ मा नमूना समाज निर्माण गर्छु