नेपालमा लगानी गर्न आउनुस् : राष्ट्रपति भण्डारी
सारांश
- कतार ।
- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा ढुक्क भएर लगानी गर्न कतारका उद्योगी व्यापारीलाई आग्रह गरेकी छिन् ।
- भ्रमणको क्रममा कतार पुगेकी भण्डारीले नेपाल-कतार व्यावसायिक मञ्चमा सम्बोधन गर्दै कूटनीतिक सम्बन्ध स्थापना भएको चार दशक नाघेको उल्लेख गरिन् ।
कतार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा ढुक्क भएर लगानी गर्न कतारका उद्योगी व्यापारीलाई आग्रह गरेकी छिन् । भ्रमणको क्रममा कतार पुगेकी भण्डारीले नेपाल-कतार व्यावसायिक मञ्चमा सम्बोधन गर्दै कूटनीतिक सम्बन्ध स्थापना भएको चार दशक नाघेको उल्लेख गरिन् ।
राष्ट्रपति भण्डारीले दुई देशबीचको राजनीतिक, आर्थिक सम्बन्धलाई सुदृढ गर्दै श्रम सम्बन्धमात्र नभएर प्रविधि, लगानी, व्यापार, पर्यटन जस्ता आर्थिक कुटनीतिकमा सम्बन्ध विस्तार भइरहेको भनाइ छ ।
‘तपाईं कतारका व्यवसायी र लगानीकर्ताहरूलाई म आह्वान गर्न चाहन्छु, तपाईँहरू अब नेपालमा लगानी गर्न आउनुहोस्’ उनले भनिन्, ‘प्रत्यक्ष वैदेशिक लगानी, नेपाली लगानीकर्तासँग मिलेर संयुक्त लगानी पनि गर्नसक्नुहुन्छ ।’
राष्ट्रपति भण्डारीले कतार नेपाली श्रमिकहरूका लागि राम्रो श्रम गन्तव्यको रूपमा रहेको उल्लेख गर्दै कतार नेपालबीच सीधा हवाई सम्पर्कको प्रसंसा गरिन् । ढुक्क भएर पर्यटन, ऊर्जा, कृषि, पूर्वाधार र उत्पादनमूलक उद्योग आदिमा लगानी गरी भरपुर फाइदा उठाउन कतारी लगानीकर्तालाई आग्रह भएको छ ।
नेपालमा राजनीतिक स्थिरता कायम भैसकेको बताउँदै तीव्र गतिमा विकास गर्न प्रविधि र वित्तीय स्रोतको आवश्यकता औल्याइन् । नेपालमा गरिने लगानीले प्रतिफल र लगानी फिर्ताको ग्यारेण्टी समेत नेपाल सरकारले गर्ने प्रतिबद्धता व्यक्त भएको छ ।
प्रतिक्रिया