सात वर्षीया छोरीको घाँटी रेटेर हत्या गरेपछि बुबाले पनि गरे सुसाइट नोट लेखेर आत्महत्या

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २१, २०७९
|
|
३५ पटक हेरिएको
Shares
सात वर्षीया छोरीको घाँटी रेटेर हत्या गरेपछि बुबाले पनि गरे सुसाइट नोट लेखेर आत्महत्या

सारांश

  • काठमाडौं ।
  • राजधानीको पुरानो बानेश्वरमा शनिबार आफ्नै सात वर्षीया छोरीको घाँटी रेटेर हत्या गरी आफूले पनि आत्महत्या गरेका बाबुको सुसाइट नोट भेटिएको छ ।
  • प्रहरीका अनुसार रामेछाप खाँडादेवीका किशोर भण्डारीले छोरीको हत्या र आफूले आत्महत्या गर्नुभन्दा अगाडि लेखेको सुसाइट नोट फेला परेको हो ।

काठमाडौं । राजधानीको पुरानो बानेश्वरमा शनिबार आफ्नै सात वर्षीया छोरीको घाँटी रेटेर हत्या गरी आफूले पनि आत्महत्या गरेका बाबुको सुसाइट नोट भेटिएको छ । प्रहरीका अनुसार रामेछाप खाँडादेवीका किशोर भण्डारीले छोरीको हत्या र आफूले आत्महत्या गर्नुभन्दा अगाडि लेखेको सुसाइट नोट फेला परेको हो ।

सुसाइड नोटमा छोरीकै कारण आफूले आत्महत्या गर्नपरेको भण्डारीले उल्लेख गरेको प्रहरीको भनाइ रहेको छ । छोरी शारीरिक रुपमा अशक्त रहेको र उनको उपचारका लागि आफूले पहल गर्न नसकेको कारण दिक्क लागेको भण्डारीले उल्लेख गरेका छन् ।

भण्डारीकी श्रीमति भने शनिबार ६ महिना छोरो लिएर पेप्सिकोलास्थित आफन्तकोमा गएकी थिइन् । उनी दिउँसो फर्केर आउँदा डेराका ढोका लगाइएको थियो ।

भित्रैबाट बन्द भएपछि छिमेकीको सहयोगमा श्रीमतिले ढोका फोडेकी थिइन् ।

अहिले प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। दुवै शवलाई पोस्टमार्टमका लागि लाने तयारी भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?