कांग्रेसले थाल्यो प्रदेश नम्बर दुईमा चुनाव प्रचार

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १५, २०७४
|
|
१८ पटक हेरिएको
Shares
कांग्रेसले थाल्यो  प्रदेश नम्बर दुईमा चुनाव प्रचार

सारांश

  • श्रावण १५, २०७४- तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले प्रदेश नम्बर दुईमा प्रचार थालेको छ।
  • शनिबार कांग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिले प्रदेश भेलाको आयोजना गर्‍यो।
  • चार दिनपछि कांग्रेसले जनकपुरमा नै भेलाको आयोजना गर्दै छ।

श्रावण १५, २०७४- तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले प्रदेश नम्बर दुईमा प्रचार थालेको छ। शनिबार कांग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिले प्रदेश भेलाको आयोजना गर्‍यो। चार दिनपछि कांग्रेसले जनकपुरमा नै भेलाको आयोजना गर्दै छ। भेलालाई सम्बोधन गर्न पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेता आउनेछन्।

शनिबारको भेलामा पार्टीका नेताहरू विमलेन्द्र निधि, रमेश लेखक, खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवलगायतले तेस्रो चरणको निर्वाचनमा कम्तीमा एक सय स्थानीय तह जितेर पहिलो राजनीतिक शक्ति बन्ने दाबी गरे। प्रदेश नम्बर २ का १ सय २७ स्थानीय तह छन्।

कार्यक्रममा बोल्दै निधिले भने, ‘संविधान संशोधन तथा मधेसको विकास निर्माणलाई मुख्य एजेन्डा बनाउनुहोस्। जनतासम्म पुर्‍याउनुहोस्। मधेसी जनता कांग्रेसको पक्षमा छन्। कांग्रेसलाई पहिलो शक्ति बनाउँछन्।’ चीनबाट फर्केपछि एमाले अध्यक्ष केपी ओलीको बोली संघीयता विरोधी भएको आरोप निधिको थियो। ‘संघीयता, समानुपातिक र संविधान संशोधन मधेसको माग हो। एमाले यसको विरोधमा छ निधिले भने, ‘अनि मधेसी जनतासँग भोट माग्ने एमालेको आधार के छ?

नेता रमेश लेखकले प्रदेश नम्बर दुईमा कांग्रेसलाई पहिलो शक्ति बनाउन पार्टी सम्बद्ध सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै यसका लागि प्रदेशभित्रका आठवटै जिल्लामा प्रचार–प्रसार समिति गठन गरिने जानकारी दिए। खानेपानी तथा सरसफाइ मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला धनुषा आएका महेन्द्र यादवले असोज २ गते निर्वाचन हुने कुरामा ढुक्क रहन पार्टी नेता तथा कार्यकर्तासँग आग्रह गरेका थिए। केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले मधेस कांग्रेसको उद्गम स्थल भएको दाबी गरे।

 

(Clonazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?