नेपाललाई ९६ रनको सामान्य लक्ष्य
सारांश
- काठमाडौं।
- एसीसी यु–१९ इस्टर्न रिजनको फाइनल खेलमा नेपालले ९६ रनको सामान्य लक्ष्य पाएको छ ।
- मलेसियाको किनरारा ओभल मैदानमा टस जितेर बलिङ रोजेको नेपालले हङकङलाई ४३.
काठमाडौं। एसीसी यु–१९ इस्टर्न रिजनको फाइनल खेलमा नेपालले ९६ रनको सामान्य लक्ष्य पाएको छ । मलेसियाको किनरारा ओभल मैदानमा टस जितेर बलिङ रोजेको नेपालले हङकङलाई ४३.१ ओभरमा ९५ रनमै अलआउट गरेको हो ।
हङकङलाई सस्तैमा समेट्न नेपालका लागि सागर ढकालले घातक बलिङ गरे । उनले १० ओभरमा मात्रै १८ रन दिँदै ५ विकेट लिए । उनले १० ओभरमध्ये ५ ओभर मेडन फालेका थिए । यस्तै कमलसिंह ऐरीले ३ विकेट लिए । कुशल मल्ल र तिलक राजभण्डारीले १–१ विकेट लिए ।
हङकङका लागि कप्तान अदित गोरावाराले सर्वा्धिक २४ रन बनाए । कल्हान मार्क चल्लुले १९ र रौनक कपूरले १२ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । यो खेल जितेमा नेपाल श्रीलंकामा हुने अण्डर १९ एशिया कपमा छनोट हुनेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया