संघीयता कार्यान्वयनको नाममा जनताको ढाड सेक्दै सरकार : राजमो

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३०, २०७५
|
|
३९ पटक हेरिएको
Shares
संघीयता कार्यान्वयनको नाममा जनताको ढाड सेक्दै सरकार : राजमो

सारांश

  • काठमाडौं, ३० असार ।
  • संघीयता कायान्वयनको नाममा जनताको ढाडै सेक्ने गरी राजश्व बृद्धि गरिएकोमा राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएको छ ।
  • राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले विज्ञप्ति प्रकाशित गरी विद्यमान अर्थव्यवस्था र संघीयता विषयक अन्तक्र्रिया नै गर्ने जनाएका हुन् ।

काठमाडौं, ३० असार । संघीयता कायान्वयनको नाममा जनताको ढाडै सेक्ने गरी राजश्व बृद्धि गरिएकोमा राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएको छ । राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले विज्ञप्ति प्रकाशित गरी विद्यमान अर्थव्यवस्था र संघीयता विषयक अन्तक्र्रिया नै गर्ने जनाएका हुन् ।

जिल्ला समितिको सचिवालयको बैठकपश्चात अध्यक्ष आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ। “अहिले संघीयता कार्यान्वयन कै नाममा जनताको ढाड सेक्ने गरी राजश्व बृद्धि गर्दै लगेको कुराले पनि संघीयता नेपालमा ठिक नभएको प्रमाणित हुँदैछ ।” विज्ञप्तिमा यही सन्दर्भमा आगामी साउन ७ गते यही विषयको उठान गर्दै अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

यसैगरी पार्टीको कार्यक्रम र विचारबारे कार्यकर्ता तथा आम शुभचिन्तक, समर्थकलाई प्रष्ट पार्न केन्द्रीय सदस्य मनोज भट्टको उपस्थितिमा साउन २ गते गढवा, ३ गते राप्ती, ४ गते तुलसीपुर, ५ गते लमही, ६ गते घोराहीमा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । साउन ८ गते भालुवाङ मा सभाको कार्यक्रम गर्ने पनि विज्ञप्तिमा जनाइएको छ । साउन १५ देखि ३० सम्म जिल्लाब्यापी घरदैलो तथा सदस्यता अभियान चलाउने निर्णय पनि राजमोले गरेको छ ।

पार्टीको केन्द्रीय सल्लाहकार सुरेश थापाकाका पिता तथा जिल्ला सदस्य कृष्णा रानाका ससुरा बुवा पार्टीका सदस्य एकबहादुर थापाको असामयिक निधन भएकोमा शोक प्रस्ताव पारित गरिएको विज्ञप्तिमा उल्लेख छ । यसैगरी मजदुरी गर्ने क्रममा मुस्ताङमा भएको दुर्घटनामा परी दाङका मजदुरहरुको दुःखद निधन भएकोमा बैठकले दुःख प्रकट गरेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Prabina Ghale

    जनजाती भित्र पर्ने चिन्न को अपमान शुहाउदैन

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?