नेपालले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २१, २०७४
|
|
३८ पटक हेरिएको
Shares
नेपालले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै

सारांश

  • काठमाडौँ, २१ जेठ ।
  • भारतमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।
  • सातदोबाटोस्थित अखिल नेपाल फुटलब सङ्घ (एन्फा) कम्प्लेक्समा आज भएको बिदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाई गर्नुभयो ।

काठमाडौँ, २१ जेठ । भारतमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटलब सङ्घ (एन्फा) कम्प्लेक्समा आज भएको बिदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाई गर्नुभयो ।

नेपालले यही जेठ २३ गते भारतको राष्ट्रिय फुटबल टोलीसँग मुम्बइको अँधेरी स्पोर्टस कम्प्लेक्समा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ ।

एएफसी एसियन कप फुटबल छनोटअन्तर्गत यही जेठ ३० गते काठमाडौँमा हुने यमनविरुद्व खेलको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको एन्फाले जनाएको छ ।

सहभागी टोलीको गोल रक्षकमा किरणकुमार लिम्बू, विकेश कुथु र विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की तथा बिमल बस्नेत छन् ।

त्यसैगरी मिडफिल्डरतर्फ रोहित चन्द, विशाल राई, हेमन गुरुङ, अञ्जन विष्ट, सुजल श्रेष्ठ र सुमन लामा छन् भने स्ट्राइकरमा बिमल घर्तीमगर, भरत खवास, हेमन्त थापामगर र नवयुग श्रेष्ठ छन् ।

(Visit here)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजदूतका सहयोगीले ठगी गरेपछि दूतावासले गुहार्यो परराष्ट्रलाई
राजदूतका सहयोगीले ठगी गरेपछि दूतावासले गुहार्यो परराष्ट्रलाई
अन्तर्राष्ट्रिय युवा दिवसः योजना कार्यान्वयनमा समस्या
अन्तर्राष्ट्रिय युवा दिवसः योजना कार्यान्वयनमा समस्या
प्रधानमन्त्री दाहालको विकल्प नखोज्ने कांग्रेसको प्रष्टोक्ति, यस्ता छन् बैठकका ११ निर्णय (पूर्णपाठ)
प्रधानमन्त्री दाहालको विकल्प नखोज्ने कांग्रेसको प्रष्टोक्ति, यस्ता छन् बैठकका ११ निर्णय (पूर्णपाठ)
आज डलरको भाउ कति ?
आज डलरको भाउ कति ?
मन्त्रिपरिषद बैठकः मुख्यसचिव र राजदुत नियुक्तिको सम्भावना, ऊर्जामन्त्रीले कुलमानको नियुक्तिको प्रस्ताव गर्ने
मन्त्रिपरिषद बैठकः मुख्यसचिव र राजदुत नियुक्तिको सम्भावना, ऊर्जामन्त्रीले कुलमानको नियुक्तिको प्रस्ताव गर्ने
नक्कली फेसबुक पेजले रक्षालाई सास्ती, अनेकौं भिडियो पोष्ट
नक्कली फेसबुक पेजले रक्षालाई सास्ती, अनेकौं भिडियो पोष्ट
पत्रपत्रीकामा आज:स्वकीय सचिव नराखी तलब खानेमा तुलसा थापादेखि कांग्रेसका डा.खड्का सम्म
पत्रपत्रीकामा आज:स्वकीय सचिव नराखी तलब खानेमा तुलसा थापादेखि कांग्रेसका डा.खड्का सम्म
AbRam Khan recreates dad SRK’s DDLJ pigeon scene on the street of France!
AbRam Khan recreates dad SRK’s DDLJ pigeon scene on the street of France!
उम्मेदवारी दर्ता सकियो, कसरी चुनिन्छन् भावी राष्ट्रपति
उम्मेदवारी दर्ता सकियो, कसरी चुनिन्छन् भावी राष्ट्रपति
२४ दिन जनश्रमदान अनिवार्य
२४ दिन जनश्रमदान अनिवार्य