नेपाली कांग्रेसमा धमाधम कारवाही, २५ जिल्लाबाट १८३ जना निष्कासित

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ४, २०७६
|
|
१८ पटक हेरिएको
Shares
नेपाली कांग्रेसमा धमाधम कारवाही, २५ जिल्लाबाट १८३ जना निष्कासित

सारांश

  • काठमाडौं।
  • कांग्रेस अनुशासन समितिले स्थानीय तह, प्रदेश सभा र संघीय संसदको निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका, उनीहरुका समर्थक र प्रस्तावक गरी १८३ जनालाई पार्टीबाट हटाएको घोषणा गरेको छ ।
  • अनुशासन समितिले २५ जिल्लाका १८३ नेता तथा कार्यकर्तालाई सम्बन्धित जिल्लाको अभिलेखमा नाम नरहने गरी पार्टीबाटै हटाएको जानकारी अनुशासन समितिका सदस्य देवेन्द्रराज कँडेलले दिए ।

काठमाडौं। कांग्रेस अनुशासन समितिले स्थानीय तह, प्रदेश सभा र संघीय संसदको निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका, उनीहरुका समर्थक र प्रस्तावक गरी १८३ जनालाई पार्टीबाट हटाएको घोषणा गरेको छ । अनुशासन समितिले २५ जिल्लाका १८३ नेता तथा कार्यकर्तालाई सम्बन्धित जिल्लाको अभिलेखमा नाम नरहने गरी पार्टीबाटै हटाएको जानकारी अनुशासन समितिका सदस्य देवेन्द्रराज कँडेलले दिए ।

तीनवटै निर्वाचन सकिएको झण्डै डेढ वर्ष बितेपछि अनुशासन समितिले बल्ल २५ जिल्लाका १८३ नेता कार्यकर्तालाई साधारण सदस्य पनि नरहने गरी पार्टीबाटै निष्काशन गरेको हो। ७७ मध्ये अझै ५२ जिल्लाबाट बागीको विवरण अनुशासन समितिमा आएको छैन ।

यो पनि पढ्नुस्
जबजबारे प्रचण्डको यस्तो भनाई

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बहुदलीय जनवाद, एक्काइसौँ शताब्दीको जनवाद तथा माओवादी जनयुद्धले खेलेको सकारात्मक भूमिकाको मूल्याङ्कन गर्दै अगाडि जानका लागि इतिहासका ती अनुभव, नीति, कार्यक्रमलाई परिमार्जन गरिनुपर्ने आवश्यकत्ता औंल्याएका छन् । त्यस्तै, उनले यी विषयलाई विकसित गरेर जानुपर्छ भन्ने मान्यतासाथ पार्टी एकता गरिएको स्पष्ट पारे । सहिद रितबहादुर खड्का स्मृति प्रतिष्ठानले हालै पार्टी कार्यालय धूम्बाराहीमा आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै उनले एकताका क्रममा गरिएको सहमतिलाई इमान्दारीपूर्वका कार्यान्वयन गर्दै महाधिवेशनसम्म गएर विचार, राजनीति र कार्यनीतिलाई अझ विकसित र परिमार्जन गर्नुपर्ने बताए ।

उनले पार्टी एकताका बारेमा गरिएको सैद्धान्तिक, राजनीतिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्नेमा जोड दिए । “पार्टी एकतालाई सुदृढ गर्ने र बाँकी रहेका कामलाई टुङ्ग्याउने तथा भएका सहमति, समझदारीमा इमान्दारिसाथ उभिनुपर्छ”, अध्यक्ष प्रचण्डले भने, “स्पष्ट मान्यता र सिद्धान्तअनुसार पार्टी एकता गरिएको हो । नेपाली जनताका अगाडि गरिएका बाचा कबोल हामी कसैले पनि बिर्सन हुँदैन । यसबाट कसैले दायाँबायाँ गर्न खोज्यो भने त्यो नेपाल राष्ट्र र नेपाली जनताप्रति घात हुनेछ ।”

माक्र्सवादको निर्देशन र पथप्रदर्शनमा समाजवादको लक्ष्य प्राप्त गर्ने उद्देश्यले दुई पार्टीबीच एकता भएको उल्लेख गर्दै उनले ठूला पार्टीबीचको एकताका क्रममा केही जटिलता देखिएको भए पनि एकताको मर्मअनुुसार अन्तिम रुप दिइने बताए ।

“दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता गरेर ठूलो ऐतिहासिक र आसाधारण कामको शुरुआत गरिएको छ, सिद्धान्तहीन ढङ्गबाट पार्टी एकता गरिएको होइन । पार्टीको यस लक्ष्यलाई नबुझेर कतिपयलाई ‘अलमल’ हुनसक्छ” अध्यक्ष प्रचण्डले भने,“पार्टीले सामूहिक ढङ्गले राजनीतिक प्रतिवेदन तयार पार्दा हिजोका दुबै धारका वरिष्ठ नेताको सर्वसम्मतिमा दुबै पार्टीका उच्च निकायबाट पारित गरेर आगामी बाटो टुङ्ग्याइएको हो ।”

पार्टीको राजनीतिक प्रतिवेदनमा नेपाली जनताको परिवर्तनको चाहना पूरा गर्न तत्कालीन अवस्थामा दुई पार्टीले खेलेको भूमिकालाई सकारात्मक ढङ्गबाट मूल्याङ्कन गरिएको उनको भनाइ थियो ।

शहीदका बलिदान, लाखौँ श्रमजीवी जनताले गरेको योगदान सबैलाई सम्मानित गर्दै स्थापित गर्न र बलिदानको आलोकमा अगाडि जानु नै सही क्रान्तिकारी बाटो भएको उनले बताए । । अध्यक्ष प्रचण्डले भने,“अहिले निराश हुनुपर्ने स्थिति छैन, शहीदको सपना पूरा गर्न सङ्कल्प गर्दै आफूलाई उद्देश्यबाट विचलित नहुने दृढता गर्नुपर्छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?