संघीयता खारेजीको माग राख्दै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १३, २०७४
|
|
२१ पटक हेरिएको
Shares
संघीयता खारेजीको माग राख्दै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन

सारांश

  • कैलाली, १३ फागुन ।
  • राष्ट्रिय जनमोर्चाले संघीयताको खारेजी हुनुपर्ने भन्दै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
  • राष्ट्रिय जनमोर्चाले संघीय प्रणालीले देशको अहित गर्ने भन्दै प्रदेश नं.

कैलाली, १३ फागुन । राष्ट्रिय जनमोर्चाले संघीयताको खारेजी हुनुपर्ने भन्दै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रिय जनमोर्चाले संघीय प्रणालीले देशको अहित गर्ने भन्दै प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउँदै यसको खारेजीको मागपत्र बुझाएको हो ।

मुख्यमन्त्री भट्टलाई बुझाइएको ज्ञापनपत्रमा नेपालको भूराजनीतिक अवस्था, राष्ट्रियताको रक्षा, विभिन्न जातजाति र क्षेत्रबीचको एकता, आर्थिक, सामाजिक, साँस्कृतिक कुनै पनि आवश्यकतासँग मेल नखाने हुनाले संघीय शासन प्रणाली खारेज गरिनुपर्ने दावी गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “त्यसको ठाउँमा प्रजातान्त्रिक विकेन्द्रीयतामाथि आधारित एकात्मक व्यवस्था कायम गरिनुपर्दछ ।”

यस्तै, राजमोले सीमा क्षेत्रमा नेपालीहरुमाथि भारतीय पक्षबाट भइरहेको लुटपाट र कुटपिट, सीमा अतिक्रमण लगायतका विषयमा समेत मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ । प्रदेश राजधानीका सन्दर्भमा शुरुदेखि नै विवाद देखिएको भन्दै विज्ञहरु सम्मिलित आयोग गठन गर्ने र त्यसले दिएको सुझावका आधारमा राजधानी कायम गर्न पनि राजमोले सुझाव दिएको छ ।

प्रदेशको विकासका लागि खुटिया–दिपायल फास्ट ट्रयाक, सेती लोकमार्ग, महाकाली लोकमार्ग लगायतका राजमार्गहरुको काम छिटो सम्पन्न गर्न र तिब्बतसँगको नाका खोल्न पनि माग गरिएको छ । संघीयताप्रति शुरुदेखि नै विमति राख्दै आएको राजमोले सातै प्रदेशबाट यसको विरोध गर्ने जनाएको छ । देशले धान्नै नसक्ने संघीयता खारेजीको विकल्प नरहेको भन्दै संघीयता खारेज नभएसम्म आन्दोलन जारी राख्ने राजमो कैलालीका अध्यक्ष लक्षीराम आचार्यले बताए ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Arjun Shankar

    संघीयता पछि घाँडो हुनेछ

    Comment Author

    Bijay Yadav

    खान न पाये पची

    Comment Author

    Santosh Santoshpara

    kina po daju vai harulai daar lagyo ki k ho ni

    Comment Author

    Durga Chhantyal

    Hoina yo raja badi haru hoki kehw

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?