प्रधानमन्त्री ओली पार्टी फुटाउन सजिलो हुने राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारीमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १८, २०७७
|
|
१८ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली पार्टी फुटाउन सजिलो हुने राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारीमा

सारांश

  • काठमाडौं, १८ असार ।
  • प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारीमा जुटेका छन् ।
  • यसका लागि उनले संसदको अधिवेशन अन्त्यको सिफारिश गर्ने निर्णय मन्त्रिपरिषदबाट गराएका छन् ।

काठमाडौं, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारीमा जुटेका छन् । यसका लागि उनले संसदको अधिवेशन अन्त्यको सिफारिश गर्ने निर्णय मन्त्रिपरिषदबाट गराएका छन् ।

संसद चलिरहँदा अध्यादेश ल्याउन मिल्दैन । त्यसैले संसद अधिवेशन अन्त्य गर्ने सिफारिश गरेर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएका छन् । अब उनले मन्त्रिपरिषदबाट अर्को अध्यादेश ल्याउने बुझिएको छ ।

अब ल्याउने अध्यादेश राजनीतिक दलसम्बन्धी नै हुनेछ जुन यसअघि पनि ल्याइएको थियो । अध्यादेशको विरोध भएपछि फिर्ता गरिएको थियो । अब यस्तै अध्यादेश ल्याउन लागिएको आँकलन नेकपाभित्र भएको छ ।

ओलीले नेकपा एमाले ब्युँताउने तयारी गरेको चर्चा चल्दै आएको छ । एमाले नामको दल दर्ता प्रक्रियामा छ । पार्टीभित्र राजीनामा मागिएपछि थेग्न नसकेका ओलीले राजीनामा नदिने बरु कडा कदम चाल्ने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?