राज्जा रानी’ रिलिज मिति प्रिपोन्ड , केकी–नाजिर फिचर गीत लन्च ।

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २४, २०७४
|
|
३६ पटक हेरिएको
Shares
राज्जा रानी’ रिलिज मिति प्रिपोन्ड , केकी–नाजिर फिचर गीत लन्च ।

सारांश

  • नाजिर हुसेन र केकी अधिकारी स्टारर रोमान्टिक ड्रामा ‘राज्जा रानी’को प्रदर्शन मिति प्रिपोन्ड भएको छ ।
  • पूर्वनिर्धारित मितिबाट सिनेमा एक साता अगाडि प्रदर्शन हुन लागेको हो ।
  • वितरकसँगको समझदारीमा याम थापा निर्देशित सिनेमा पुस २१ गते देशव्यापी प्रदर्शन हुनेछ ।

नाजिर हुसेन र केकी अधिकारी स्टारर रोमान्टिक ड्रामा ‘राज्जा रानी’को प्रदर्शन मिति प्रिपोन्ड भएको छ । पूर्वनिर्धारित मितिबाट सिनेमा एक साता अगाडि प्रदर्शन हुन लागेको हो ।

वितरकसँगको समझदारीमा याम थापा निर्देशित सिनेमा पुस २१ गते देशव्यापी प्रदर्शन हुनेछ । उक्त मितिमा यो सिनेमा एक्लै रिलिज हुनेछ । निर्माण कम्पनी आर्यन फिल्म प्रोडक्सनले नयाँ रिलिज मिति घोषणासँगै रोमान्टिक गीत पनि लन्च गरेको छ ।

दीपक शर्माद्धारा संगीतबद्ध ‘चिपक चिपक’ बोलको गीतमा केकी र नाजिर फिचर छन् । नेपालगंजको पठारमा छायांकन गरिएको यो रोमान्टिक नम्बरमा नरहरि प्रेमी र सुमिना लोको स्वर समावेश छ । राजेन्द्र थापाले गीत लेखेका हुन् ।

विक्रम स्वाँरको नृत्य निर्देशनमा केकी र नाजिरको रसायन आकर्षक लाग्छ । अघिल्ला फिल्ममा पहाडी विषयवस्तुमा कलम चलाउँदै आएका निर्देशक एवं पटकथा लेखक थापाले पहिलोपटक मधेशी कन्टेन्टमा फिल्म निर्देशन गरेका छन् । नेपालगंज जन्मथलो भएकाले पनि उनलाई फिल्मको चरित्र चित्रणमा सजिलो हुने आशा छ ।

प्रेमकथामा आधारित सिनेमालाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् । राज्जा रानीको बजेट १ करोड २५ लाख बताइएको छ ।

( त्रिशा केसी )

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?