नेपाली ३ खेलाडी अफगानी क्रिकेट लिगकाे ड्राफ्टमा !

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०७५
|
|
४२ पटक हेरिएको
Shares
नेपाली ३ खेलाडी अफगानी क्रिकेट लिगकाे ड्राफ्टमा !

सारांश

  • काठमाडाैँ, २४ भदाै ।
  • आगामी आसोज १९ देखि कार्तिक २ सम्म युएईको शारजाहमा हुने अफगानीस्तान प्रिमिएर लिग एपिएलकाे पहिलो चरणको ड्राफ्टमा ३ नेपाली खेलाडी परेका छन् ।
  • नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का, तीव्र गतिका बलर सोमपाल कामी र युवा लेग स्पिनर सन्दीप लामिछाने पहिलाे चरणकाे ड्राफ्टमा परेका हुन् ।

काठमाडाैँ, २४ भदाै । आगामी आसोज १९ देखि कार्तिक २ सम्म युएईको शारजाहमा हुने अफगानीस्तान प्रिमिएर लिग एपिएलकाे पहिलो चरणको ड्राफ्टमा ३ नेपाली खेलाडी परेका छन् । नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का, तीव्र गतिका बलर सोमपाल कामी र युवा लेग स्पिनर सन्दीप लामिछाने पहिलाे चरणकाे ड्राफ्टमा परेका हुन् ।

पारस र सोमपाल टेस्ट राष्ट्रले आयोजना गर्ने टी–२० लिगको ड्राफ्टमा पहिलो पटक परेका हुन्। सन्दीपकाे भने पाँचौ प्रतियाेगिता हाे । यसअघि सन्दीप बंगलादेश (बिपिएल), पाकिस्तान (पिएसएल), भारत (आइपिएल) र वेस्ट इन्डिज (सिपिएल) ले आयोजना गर्ने टी–२० लिगको ड्राफ्टमा परेका थिए। जसमध्ये सन्दीप आइपिएल र सिपिएलमा छनोट हुन सफल भएका थिए।

ड्राफ्टमा नेपालका ३ खेलाडीसहित ३ सय ५० बढी खेलाडी परेका छन्। ड्राफ्टमा टेस्ट राष्ट्रहरु अफगानिस्तान, पाकिस्तान, बंगलादेश, श्रीलंका, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, अस्ट्रेलिया, इंग्ल्यान्ड, आयरल्यान्ड र जिम्बावेका खेलाडी समावेश छन्। यस्तै ६ वटा एसोसियट राष्ट्रका खेलाडीले पनि स्थान पाएका छन्। जसमा नेपालसहित युएई, स्कटल्यान्ड, हङकङ, ओमान र क्यानडा हुन्। खेलाडीहरुलाई ६ श्रेणीमा राखिएको छ। आइकन, डाइमन्ड, गोल्ड, सिल्भर, आइसिसी एसोसिएट र इमर्जिङ गरी ६ श्रेणी निर्धारण गरिएको छ।

अफगानिस्तान क्रिकेट बोर्डको आयोजनामा हुने प्रतियोगिताको ड्राफ्टबाट खेलाडी अक्सन सोमबार दुबईमा हुनेछ। लिगमा ५ टिमको सहभागिता रहेको छ। जसमा काबुल, बाल्ख, पाक्किया, नान्गहर र कान्दहर रहेका छन्। ५ टिमबीच २३ खेल हुनेछ।  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मान्यता दिएको प्रतियोगितामा ४० बढी विदेशी खेलाडीले भाग लिने अफगानिस्तान क्रिकेट बोर्डको दाबी छ। क्रिस गेल, ड्वाइन ब्राभो, आन्द्रे रसेल,  क्रिस लियोन, शाहिद अफ्रिदी जस्ता खेलाडीले एपिएल खेल्ने अफगानिस्तान क्रिकेट बोर्डले बतायाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?