नेकपा कार्यदल गोप्य छलफलमा
सारांश
- काठमाडौं २३ पुस ।
- नेकपाले संगठनात्मक एकताका लागि चौथोपटक बनाएको शक्तिशाली कार्यदलले काम थालेको छ ।
- शुक्रबारबाट कार्यदलले आफूलाई दिएको जिम्मेवारीअनुसार छलफल सुरु गरेको छ ।
काठमाडौं २३ पुस । नेकपाले संगठनात्मक एकताका लागि चौथोपटक बनाएको शक्तिशाली कार्यदलले काम थालेको छ । शुक्रबारबाट कार्यदलले आफूलाई दिएको जिम्मेवारीअनुसार छलफल सुरु गरेको छ । आइतबार पनि कार्यदलले ललितपुरको एक होटलमा छलफल गरेको थियो । ‘छलफल सुरु गरेका छौं, पार्टीले दिएको जिम्मेवारीअनुसार काम थालेका छौं’, स्थायी समिति सदस्य तथा कार्यदल सदस्य वेदुराम भुसालले भने ।
कार्यदलले एकता प्रक्रिया कसरी टुंग्याउने र त्यसको ठोस प्रस्ताव बनाउने भन्नेमा मापदण्ड बनाइसकेको छैन । कार्यदललाई आफैं मापदण्ड बनाई काम गर्न अध्यक्षद्वयले निर्देशन दिएका छन् । ‘मापदण्ड बनाउने विषयमा अहिले छलफल पुगिसकेको छैन,’ कार्यदलका अर्का सदस्य लेखराज भट्टले भने, ‘अहिले छलफलका क्रममा समग्र विषय उठेका छन् ।’
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया