नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित, प्रतियाेगिताकाे उपाधि भारत यु१९ बि लाई !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०७५
|
|
२९ पटक हेरिएको
Shares
नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित, प्रतियाेगिताकाे उपाधि भारत यु१९ बि लाई !

सारांश

  • काठमाडाैँ, २ असाेज ।
  • भारतमा जारी १९ वर्ष मुनीकाे चाैकाेणात्मक एकदिवसीय शृङ्खलामा तेस्राे स्थानका लागि भएकाे अफगानिस्तान विरुद्धकाे खेल नेपालले ७१ रनले गुमाएकाे छ ।
  • २ सय ४५ रनकाे लक्ष्य पछ्याइरहेकाे नेपाल १सय ७३ रनमा अलअाउट भएपछि ७१ रनले पराजित भएकाे हाे ।

काठमाडाैँ, २ असाेज । भारतमा जारी १९ वर्ष मुनीकाे चाैकाेणात्मक एकदिवसीय शृङ्खलामा तेस्राे स्थानका लागि भएकाे अफगानिस्तान विरुद्धकाे खेल नेपालले ७१ रनले गुमाएकाे छ । २ सय ४५ रनकाे लक्ष्य पछ्याइरहेकाे नेपाल १सय ७३ रनमा अलअाउट भएपछि ७१ रनले पराजित भएकाे हाे ।

कुनै पनि खेलाडीले टिकेर खेल्न नसक्दा नेपालले मुख्य खेलाडी सस्तैमा गुमाएकाे थियाे । नेपालका लागि कप्तान अासिफ शेख र लाेकेश बमले २५ अरुन एेरीले २४ र पवन सर्राफले २३ रन बनाएका थिए ।

पहिले ब्याटिङ् गरिरहेकाे अफगानिस्तानले ८ विकेटकाे क्षतिमा २ सय ४४ रन बनाएपछि नेपालले २ सय ४५ रनकाे लक्ष्य पाएकाे थियाे । नेपालका लागि पवन सर्राफ, सागर ढकाल र संसद अालमले समान २\२ विकेट र रसिद खानले एक विकेट लिएका थिए ।

त्यस्तै प्रतियाेगिताकाे उपाधि लागि भारत यु१९ बि ले जितेकाे छ । १ सय ४२ रनकाे सामान्य लक्ष्य पछ्याउने क्रममा भारत यु १९ ए १ सय ३१ रनमै समेटिएपछि बि ले उपाधि उचालेकाे हाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?