नेपाल आर्मी क्लबको अग्रता कायम, पछयाउदै नेपाल पुलिस

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २, २०७९
|
|
२० पटक हेरिएको
Shares
नेपाल आर्मी क्लबको अग्रता कायम, पछयाउदै नेपाल पुलिस

सारांश

  • काठमाडौ  ।
  • नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय त्रिभुवन आर्मी क्लबले आफूलाई निरन्तर शीर्ष स्थानमा राखेको छ।
  • राष्ट्रिय खेलकुद परिषद्को बुधबार दिउँसोसम्मको तथ्याङ्क अनुसार आर्मीले ९६ स्वर्ण, ६७ रजत र ४३ कांस्य गरेर २०६ वटा पदक आफ्नो पक्षमा पारेको छ।

काठमाडौ  । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय त्रिभुवन आर्मी क्लबले आफूलाई निरन्तर शीर्ष स्थानमा राखेको छ।

राष्ट्रिय खेलकुद परिषद्को बुधबार दिउँसोसम्मको तथ्याङ्क अनुसार आर्मीले ९६ स्वर्ण, ६७ रजत र ४३ कांस्य गरेर २०६ वटा पदक आफ्नो पक्षमा पारेको छ। दोस्रो स्थानमा विभागीय नेपाल पुलिस क्लबको अग्रता कायमै छ। हालसम्म पुलिसले ३८ स्वर्ण, ३६ रजत र ४२ कांस्य गरेर ११६ पदक जितेको छ।

पहिलो स्थानमा रहेको आर्मी र दोस्रो स्थानमा रहेको पुलिसबीच पदकमा फराकिलो अन्तर रहे पनि दोस्रो स्थानमा रहेको पुलिसलाई भने तेस्रो स्थानमा रहेको अर्को विभागीय एपीएफ क्लबले पछ्याइरहेको छ। एपीएफले ३३ स्वर्ण, ३५ रजत र ६२ कांस्य गरी १३० पदक हात पारेको छ।

चौथो स्थानमा रहेको गण्डकी प्रदेशले १८ स्वर्ण, १६ रजत र ३२ कांस्य गरी कुल ६६ पदकमा कब्जा जमाएको छ। पाँचौँ स्थानमा बागमती प्रदेश रहेको छ। हालसम्म बागमतीले १६ स्वर्ण, २९ रजत र ३४ कांस्य गरी ७९ वटा पदक जितेको छ।

छैटौँ स्थानमा रहेको गैर आवासीय नेपाली सङ्घ ९एनआरएनए०को टोलीले ९ स्वर्ण, ७ रजत र ५ कांस्य गरी २१, सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ४ रजत र २१ कांस्य गरी ३३, प्रदेश नं। १ ले ५ स्वर्ण, १७ रजत र ३२ कांस्य गरी ५४ पदक आफ्नो पक्षमा पारेका छन्।

यस्तै नवौँ स्थानमा रहेको मधेश प्रदेशले ५ स्वर्ण, ७ रजत र १९ कांस्य गरी ३१, लुम्बिनी प्रदेशले ३ स्वर्ण, १२ रजत र २३ कांस्य गरी ३८ तथा ११ औँ नम्बरमा रहेको कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत र ७ कांस्य गरी १० पदक जितेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?