आन्दोलन गर्नुपर्ने अवस्थामा किन पुग्यो कांग्रेस ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ८, २०७६
|
|
२७ पटक हेरिएको
Shares
आन्दोलन गर्नुपर्ने अवस्थामा किन पुग्यो कांग्रेस ?

सारांश

  • काठमाडौं।
  • मुलुकमा लामो राजनीतिक संक्रमणकालको अन्त्य पछि राजनीतिक स्थायित्वतर्फ मुलुक अगाडि बढेको छ।
  • मिश्रित निर्वाचन प्रणालीको भएको मुलुकमा पनि यतिबेला दुई तिहाइ बहुमतको सरकार गठन भएको छ।
काठमाडौं। मुलुकमा लामो राजनीतिक संक्रमणकालको अन्त्य पछि राजनीतिक स्थायित्वतर्फ मुलुक अगाडि बढेको छ। मिश्रित निर्वाचन प्रणालीको भएको मुलुकमा पनि यतिबेला दुई तिहाइ बहुमतको सरकार गठन भएको छ। सरकारले  गठन भएको एक वर्षलाई आधार वर्ष भएको र त्यसमा टेकेर मुलुकलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउने  गरी नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। केही दीर्घकालीन महत्वका काम पनि वर्तमान सरकारले सुरु गरेको छ।
तर सरकारको राम्रो कामको स्वागत र गलत कामको विरोध गर्ने जिम्मेवारी पाएको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस भने गतिहीन भएको आरोप लाग्ने गरेको थियो। कांग्रेसले संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको आरोप लाग्दै गरेको छ।
आन्तरिक गुटबन्दीमा रुमम्लीको कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएका छन्। नेविसंघको ४९औं स्थापना दिवसका अवसरमा राजधानीमा शुक्रबार नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेकाले आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए।
के प्रमुख प्रतिपक्षले भने जस्तो सरकारले जनताको हितमा काम गर्न नसकेकै हो?  ‘निर्मला हत्याकाण्डका हत्यारालाई सरकारले बचाउने काम गर्यो, महँगी र कर बढेको छ, वर्तमान सरकारको अन्याय, अत्याचारविरुद्ध आन्दोलन गर्नुपर्ने बेला आयो,’ प्रमुख प्रतिपक्ष दलका नेता देउवाले भने। निर्वाचन अगाडि तत्कालीन प्रधानमन्त्रीसमेत रहेका देउवाले कम्युनिष्ट सरकार बन्यो भने मुलुकमा हाँस्न मात्रै होइन रुन पनि नपाइने बताउँदै आएका थिए।
प्रमुख प्रतिपक्ष दलको नेतासमेत सदस्य रहने संवैधानिक परिषदमा वर्तमान सरकारले देउवाको अनुपस्थितिमा नै कयौं संवैधानिक आयोगमा नियुक्ती सिफारिस गरेको छ। ‘एकपछि अर्को गर्दै संविधान उल्लघंनका घटना सहतमा देखिन थालेका छन्, ’ देउवा निकट एक नेताले भने, ‘सर्वसत्तावाद र निरंकुशता लाद्न सरकार उद्दत छ, त्यस विरुद्ध आन्दोलनको विकल्प छैन।’ वर्तमान सरकारले जनताका पक्षमा काम गर्नुको साटो उखान टुक्कामा नै समय बिताएको र कामभन्दा हल्ला बढी गरेको  देउवाले शुक्रबार सार्वजनिक कार्यक्रम बताए।
उक्त कार्यक्रममा कांग्रेस महामन्त्री डा शशांक कोइरालाले सरकारविरुद्ध उत्रन पहिले कांग्रेसभित्रै आन्तरिक एकता जरुरी रहेको बताए । उनले सरकार कुरा गर्ने काम नगर्ने प्रवृत्तिबाट अघि बढेको बताउँदै उनले कांग्रेस एक भए सरकार आफैं ठीक ठाउँमा आउने जनाए । सहमहामन्त्री डा. प्रकाशशरण महतले लोकतान्त्रिक आन्दोलनको अग्र भागमा उभिएको नेविसघंको महत्व वर्तमान समयमा झन् बढ्दै गएको जनाए ।
प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघको नयाँ कार्यसमितिलाई तत्काल निर्माण गरेर नेविसंघलाई जागरण अभियानमा समावेश गर्नुपर्ने बताए।
सरकारले भने जनताले अनुभूति गर्ने गरी काम भइरहेको दाबी गर्दै आएको छ। आर्थिक बृद्धिदर बढाउने, रोजगारीका अवसर सृजना गर्नेलगायतका धेरै कामको सुरुवात भएको भन्दै आगामी वर्ष यसको परिणाम देखिने बताउँदै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?