पाटन अस्पताल र बुटवलमा कोरोना उपचारत ३ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ५, २०७७
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • कोरोना भाइरसको संक्रमित भई उपचाररत थप तीनजनाको मृत्यु पुष्टि भएको छ ।
  • मृत्यु हुनेहरुमा दोलखाकी महिला र सर्लाही र प्युठानका पुरुष छन् ।
  • तीनैजनाको आज विहान मृत्यु भएको हो ।

कोरोना भाइरसको संक्रमित भई उपचाररत थप तीनजनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेहरुमा दोलखाकी महिला र सर्लाही र प्युठानका पुरुष छन् ।

तीनैजनाको आज विहान मृत्यु भएको हो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र, ललितपुरका अनुसार मृतकहरुमा दोलखाकी ३० वर्षीया महिला र सर्लाहीका ४६ वर्षीय पुरुष छन् । उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

प्युठानको स्वर्गद्वारी नगरपालिका २ का ६४ वर्षीय पुरुष साउनको अन्तिम साता भारतबाट आएर क्वारेन्टाइनमा थिए । उनको परीक्षणका क्रममा कोरोना संक्रमण भेटिएपछि बुटवलस्थित कोरोना विेशष अस्पतालमा उपचारका लागि लगिएको थियो ।

आज तीनजनाको मृत्युको औपचारिक पुष्टि स्वास्थ्य मन्त्रालयले गर्न बाँकी छ । आजको मृत्यु समेत जोड्दा संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय २९ पुगेको छ ।

मृतकको विवरण
१. दोलखाकी ३० वर्षीया महिलाको ५ भाद्रमा मृत्यु । २ भाद्र देखि पाटन अस्पतालमा उपचाररत । ५ भाद्रमा मृत्यु पुष्टि
२. सर्लाही जिल्ला मलंगवाका ४६ वर्षीय पुरुष । ३१ साउनदेखि पाटन अस्पतालमा उपचाररत उनको ५ भाद्रमा मृत्यु । ५ भाद्रमा मृत्यु पुष्टि
३. प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका २ का ६४ वर्षीय पुरुषको ५ भाद्रमा मृत्यु । रुपन्देही जिल्लाको बुटवलस्थित कोरोना विेशष अस्पतालमा उपचाररत थिए । साउनको अन्तिम साता भारतबाट आएका । ५ भाद्रमा मृत्यु पुष्टि

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?