नेपाल कम्युनिष्ट पार्टीको महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३, २०७५
|
|
२३ पटक हेरिएको
Shares
नेपाल कम्युनिष्ट पार्टीको महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी !

सारांश

  • जेठ ३, काठमाण्डौ ।
  • नयाँ गठन हुन लागेको नेपाल कम्युनिष्ट पार्टीको हाइकमाण्ड बनाइएको छ ।
  • एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय हाइकमाण्ड बनाइएको हो ।

जेठ ३, काठमाण्डौ । नयाँ गठन हुन लागेको नेपाल कम्युनिष्ट पार्टीको हाइकमाण्ड बनाइएको छ ।

एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय हाइकमाण्ड बनाइएको हो । पार्टी सञ्चालनमा निर्णायक भूमिका खेल्ने गरी बनाईको हामइकमाण्डको महासचिव विष्णु पौडेल छन् भने प्रवक्तामा नारायणकाजी श्रेष्ठ छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले हाइकमाण्ड गठन गरेको हो ।

हाइकमाण्डमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पनि रहनेछन् । त्यसपछिको वरियतामा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल हुनेछन् ।

संगठनको काम गर्ने जिम्मेवारीसहित पौडेललाई महासचिवको जिम्मेवारी दिन लागिएको हो ।

एकीकृत पार्टीको स्थायी कमिटी ४३ सदस्यीय हुनेछ, जसमा एमालेबाट २५ र माओवादीबाट १८ नेता हुनेछन् । यस्तै ४४१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता राख्ने सहमति भएको छ ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Justin Biral

    ? тσρρєяχ кα вσт ? Shikhar News <3 gσσ∂ αfтєяиσσи <3
    ? ∂αу ⌚ Thursday ? ∂αтє ⌚ 17 /05/2018 ? тιмє ⌚ 3:17 PM ?
    ??? ¢нαυ∂няу вσттєяχ ? ѕυrαj-вσт,χуz ???

    Comment Author

    Himu Chhetri

    Good news ?

    Comment Author

    Gurung Purna

    Good बिकास र निकास दिनुपर्‍यो आफ्नो खल्ती मात्रै भर्ने हैन

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?