सिटी सफारीका कारण ट्राफिक व्यवस्थापनमा समस्या
सारांश
- विराटनगरमा सिटी सफारीको सङ्ख्या अत्यधिक वृद्धिले ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।
- सिटी सफारीका कारण विराटनगर नगर क्षेत्रमा दैनिक ट्राफिक समस्या उत्पन्न भई दुर्घटना हुने गरेको छ ।
- सवारी चालक अनुमति बिना सञ्चालन गर्ने सफारीले नगर क्षेत्रको ट्राफिक जामको समस्या सबै क्षेत्रमा उत्पन्न गरेको स्थानीयवासीको आरोप छ ।
विराटनगरमा सिटी सफारीको सङ्ख्या अत्यधिक वृद्धिले ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । सिटी सफारीका कारण विराटनगर नगर क्षेत्रमा दैनिक ट्राफिक समस्या उत्पन्न भई दुर्घटना हुने गरेको छ । सवारी चालक अनुमति बिना सञ्चालन गर्ने सफारीले नगर क्षेत्रको ट्राफिक जामको समस्या सबै क्षेत्रमा उत्पन्न गरेको स्थानीयवासीको आरोप छ ।
विराटनगर महानगरपालिकामा दर्ता भएको सफारीको सङ्ख्या एक हजार ७०० रहेको भए पनि विराटनगरमा चार हजार २०० सफारी सडकमा गुड्ने गरेको जिल्ला ट्राफिक कार्यालय मोरङका प्रहरी निरीक्षक शिवकुमार पोखरेल जानकारी दिनुभयो ।
मोरङ जिल्ला अन्य ठाउँहरुमा दर्ता भएको सिटी सफारीसमेत राम्रो आम्दानी हुने गरेकाले यही आएर सञ्चालन गर्ने गरेको उहाँले बताउनुभयो । मोरङ जिल्लामा गत आर्थिक वर्ष २०७५÷७६ मा सिटी सफारी दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको प्रहरी निरीक्षक पोखरेल जानकारी दिनुभयो ।
ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा सिटी सफारीबाट मात्र रु ४५ लाख ६१ हजारको राजश्व सङ्कलन गरेको छ भने भने सवारी नियम उल्लङ्घन गरेबापत सो अवधिमा सात हजार ८८२ जनालाई कारवाहीमा गरेको थियो ।
सिटी सफारी चालक रञ्जीत साहले सफारीको आम्दानीबाट आफू सन्तुष्ट रहेको बताउँदै दिनमा रु आठ सय जति कमाई हुने र घर खर्च टार्नमा कुनै समस्या नरहेको बताउनुभयो ।
पूर्व राजा भन्छन् रअ प्रमुखलाई भेटेको छैन
यस्तै अर्को सफारी चालक शङ्कर सहनीले मासिक किस्ताबन्दीमा सफारी खरीद गरेको र कुनै दिन रु दुई सय पनि आम्दानी नहँुदा समस्या पर्ने र वर्षाको मौसममा यात्रु कम आउने हुनाले आम्दानी कम हुने गरेको जानकारी दिनुभयो ।
–––
सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले भारतीय गुप्तचर संस्था रअका प्रमुख नेपाल आएकोबारे सरकारलाई कुनै जानकारी नभएको र प्रधानमन्त्री केपी शर्मा ओलीले नभेटेको दाबी गरेको लगत्तै पूर्व राजा ज्ञानेन्द्र शाहले पनि आफूले पनि भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखलाई नभेटेको स्पष्ट पारेका छन् ।
पूर्व राजा शाहका सचिव डा. फणिराज पाठकले एक विज्ञप्ति निकाल्दै यस्तो स्पष्टीकरण दिईएको हो । पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट मध्यरातमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेको भन्ने केही अनलाईन पत्रिकाहरूमा छापिएका खबर पूर्णतया झूठो भएको जानकारी गराउन चाहन्छु ।’
विज्ञप्तिमा भनिएको छ,‘यस्ता कपोलकल्पित, मनगढन्ते र राष्ट्रको गरिमा घटाउने समाचारहरूले नेपाल र नेपालीको गर्व र सम्मानमा ठेस लाग्ने भएकोले यस्ता समाचार सम्प्रेषण गरेर पत्रकारिताको धर्म र समाजप्रतिको दायित्व नबिर्सन अनुरोध गर्दछु।,’
प्रतिक्रिया