नेपाल टेलिकमको रिचार्जमा समस्या । के कारण होला ?
सारांश
- काठमाडौं ।
- नेपाल टेलिकमको प्रिपेड सेवामा रिचार्ज हुन सकेको छैन ।
- सफ्टवेयरमा समस्या आएपछि टेलिकमका रिचार्ज कार्ड, स्काई र प्रिपेड फोनमा रिचार्ज हुन नसकेको हो ।
काठमाडौं । नेपाल टेलिकमको प्रिपेड सेवामा रिचार्ज हुन सकेको छैन । सफ्टवेयरमा समस्या आएपछि टेलिकमका रिचार्ज कार्ड, स्काई र प्रिपेड फोनमा रिचार्ज हुन नसकेको हो ।
मोवाइल विलिङ सिस्टमको सफ्टवेयर अपग्रेड गर्नुपर्ने भएकाले समस्या आएको टेलिमकले जनाउँदै आएको छ । यसकारण ग्राहकले यस्तो समस्या भोग्नुपरेको हो । अहिलेपनि मेनेज्मेन्टले सफ्टवेयर अपग्रेड गर्ने वहानामा सेवाग्राही मारमा परेका छन् ।
रिचार्ज गर्ने सिस्टम नै पुरानो भएको भन्दै टेलिकमका उच्च कर्मचारीको मिलेमतोमा पुन अर्को सफ्टवेयर खरिद गरि क्षमता विस्तारको योजना बनाइएको छ । पटक पटक सिस्टम अपग्रेड गर्न खोजिएपनि सफल नभएकाले समस्या आएको टेलिकमको भनाई छ ।
तर, यो विषय पुरानै रहेको केही कर्मचारी बताउँछन् । रिजार्च गर्ने जस्तो संवेदनशिल सिस्टममा खेलाची गर्ने र कम गुणस्तरका सफ्टवेयर प्रयोगले यस्तो समस्या आइरहने टेलिकममा कार्यरत कर्मचारी नै बताउँछन् ।
प्रतिक्रिया