विश्वकप फुटबल-२०१८: नायिका केकी अधिकारी हुन यि देश र खेलाडिको समर्थक
सारांश
- काठमान्डौं ३० जेठ ।
- रसियामा बिहिबार(अाज)बाट सुरु हुने २१ औं संस्करणको विश्वकप फुटबल प्रतियोगिताको क्रेज नेपालमा पनि ह्वात्तै बढेको छ ।
- वल्र्डकपको फिभर नेपाली कलाकारहरुलाई पनि लागेको छ ।
काठमान्डौं ३० जेठ । रसियामा बिहिबार(अाज)बाट सुरु हुने २१ औं संस्करणको विश्वकप फुटबल प्रतियोगिताको क्रेज नेपालमा पनि ह्वात्तै बढेको छ ।
वल्र्डकपको फिभर नेपाली कलाकारहरुलाई पनि लागेको छ । विश्वकपको रौनकले नेपाली समाजलाई राम्रै असर पारेको छ ।
यतिखेर चलचित्र क्षेत्रका कलाकारहरुले पनि विभिन्न टिमको समर्थनमा आफूलाई उभ्याएका छन् । चर्चित नायिका एवम् निर्मात्री केकी अधिकारी पनि विश्वकपलाई लिएर उत्साहित छन् ।
आफूले सानैदेखि अर्जेन्टिनाको सर्पोट गर्दै आएको अधिकारीले बताइन । यसपालिको विश्वकपमा पनि अधिकारीको समर्थन अर्जेन्टिनालाई नै रहन्छ ।
नायिका अधिकारीले भनिन्,‘मैले त बच्चैदेखि अर्जेन्टिनाको सर्पोट गर्दै आएकी छु, म मेस्सीको ठूलो फ्यान हुँ, एन्जेल डिमारीया पनि असाध्यै मनपर्ने खेलाडी हुन्।’
यसअघि ब्राजिलमा सम्पन्न भएको विश्वकप २०१४ मा पनि आफूले अर्जेन्टिनाकै सर्पोट गरेको बताउँदै यो विश्वकप आफूले अष्ट्रेलियामा हेर्ने अधिकारीले जानकारी दिईन् । उनी विश्वकप जारी रहँदा फिल्मको कामको सिलसिलामा अष्ट्रेलियमा हुनेछिन् ।
प्रतिक्रिया