सौर्य एयरलाइन्स दुर्घटना : प्रारम्भिक प्रतिवेदनले के देखायो ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २२, २०८१
|
|
२२ पटक हेरिएको
Shares
सौर्य एयरलाइन्स दुर्घटना : प्रारम्भिक प्रतिवेदनले के देखायो ?

सारांश

  • काठमाडौं।
  • गत साउन ९ गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको तौल सन्तुलन (लोड ब्यालेन्स) मुख्य कारण रहेको जाँचबुझ आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ।
  • दुर्घटनालगत्तै गठित आयोगले ४५ दिन लगाएर गरेको अध्ययनमा नियमित मर्मतका लागि पोखरा जान लागेको जहाजमा तौल सन्तुलन नहुँदा दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालेको हो।

काठमाडौं। गत साउन ९ गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको तौल सन्तुलन (लोड ब्यालेन्स) मुख्य कारण रहेको जाँचबुझ आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ।

दुर्घटनालगत्तै गठित आयोगले ४५ दिन लगाएर गरेको अध्ययनमा नियमित मर्मतका लागि पोखरा जान लागेको जहाजमा तौल सन्तुलन नहुँदा दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालेको हो।

आयोगले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनमा लोड ब्यालेन्स नमिलेका कारण जहाज दुर्घटनामा परेको प्रारम्भिक निष्कर्ष निकालिएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियमानुसार ठूला जहाज दुर्घटना जाँच गर्दा प्रारम्भिक निष्कर्ष सार्वजनिक गर्नुपर्छ।

तौल र टेकअफको गति नमिलेका कारण जहाजले उचाइ लिन नसकेको प्रतिवेदनमा उल्लेख छ। मर्मतका लागि राखिएका सामग्री जहाजमा नबाँधेर राखेको र सबैतिर तौलको सन्तुलन नमिलेका कारण जहाज टेकअफ गर्नासाथ सामान सरेर सन्तुलन बिग्रिएको आयोगको निष्कर्ष छ। आयोगले जहाजको इञ्जिनमा कुनै खराबी नदेखिएको जनाएको छ।

‘यो दुर्घटना गराउने कारणको खोजी गर्दै जाँदा व्यावसायिक उडान नभएकाले आफ्नै कम्पनीको तौल नलिई राखिएको भार हो कि टेकअफमा पाइलटले आधार मानेर डेटा प्रणालीमा राखेको भार हो भन्नेमा हाम्रो अनुसन्धान केन्द्रित भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘टेकअफको स्पिड नै नपुगेर पाइलटले टेकअफ कलम तानेको प्रारम्भिक कारणमा देखिएको छ।’

जहाजले कार्गोसहित लोड बोकेर उड्दा बाहिरको तापक्रम, विमानस्थलको उचाइ, लोडसहित आधारमा टेकअफका बेला लिने गतिको क्याल्कुलेसन गर्ने गरिन्छ। जसलाई ‘भी-स्पीड’ भनिन्छ। यो उडानका बेला यस्तो क्याल्कुलेसन नगरी जहाजले टेकअफ लिएको देखिएको छ। यस्तो विधि उल्लेख भएको ‘क्विक रिफरेन्स हृयाण्डबुक’ पाइलटसँग हुने गर्छ। जाँच आयोगले प्राधिकरणबाट मर्मतका लागि दिने अनुमतिमा उल्लेख नियमहरूको पूर्ण पालना हुन नसकेको समेत उल्लेख गरेको छ।

‘सी-चेकका सामानको तौल लिइएको थिएन। जहाजमा राख्दा कुन सामान कता राख्ने तौलको सन्तुलित विभाजन भएको पनि देखिएन। ती सामान बाँध्न अवलम्बन गर्नुपर्ने नियमअनुसार पनि कार्गो कम्पार्टमेन्टमा बाँधेर राखिएको देखिएन,’ प्रतिवेदनमा भनिएको छ, ‘ग्राउण्ड हृयाण्डलिङ गर्दा त्यसको म्यानुअल (मापदण्ड) अनुसार जहाजमा सामान राखिएको पुष्टि हुँदैन। कार्गो कम्पार्टमेन्टमा नअटाएका उपकरण तथा स्पेयर पार्ट यात्रु रहने ग्यालरीमा पनि राखिएको सिसिटिभी फुटेजमा देखिन्छ।’

सौर्य एयरलाइन्सको ९ एन-एनएएमई कलसाइन नम्बरको सिआरजे-२०० जहाज नियमित सी-चेकका लागि काठमाडौंदेखि पोखरा जान लाग्दै गर्दा गत साउन ९ गते त्रिभुवन विमानस्थलमा दुर्घटना भएको थियो। दुर्घटनामा १८ जनाको घटनास्थलमै ज्यान गएको थियो भने पाइलटको मात्र जीवित उद्धार गरिएको थियो । उहाँ अहिले नर्मल अवस्थामा हुनुहुन्छ । जहाज उडेको २० सेकेण्डमै दाहिनेतर्फ कोल्टिँदै भुइँमा बजारिएको थियो । धेरै यात्रुको सोही क्रममा ज्यान गएको समेत प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । दुर्घटनाको १ मिनेट ४० सेकेण्डमा दमकल घटनास्थल पुगेको समेत प्रतिवेदनले देखाएको छ ।

ब्यागेजसहित कुल तौल १८ हजार १३२ किलो तौलमा जहाजले टेकअफ गरेको प्रतिवेदनमा उल्लेख छ । जहाजमा थप दुई हजार किलो इन्धन थियो । ‘टेकअफ वेट’लाई तोकिएको जहाजको गति (भी स्पिड) नै गलत दिइएको निष्कर्ष अध्ययनको छ । मर्मतका लागि उडेको जहाजलाई दिइएको अनुमतिको कार्यविधिसमेत पालना नभएको प्रतिवेदनमा उल्लेख छ ।

उडानअघि जहाज ३४ दिनसम्म ग्राउण्डेड गरिएको प्रतिवेदनमा उल्लेख छ । अपरेटर (सौर्य एयरलाइन्स)ले अपरेसन र ग्राउण्ड हृयाण्डलिङ म्यानुअलअनुसार जहाजमा सामान राख्नुपर्नेमा त्यसको पालना नगरेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । यस्तो म्यानुअल नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत गराउनुपर्छ । सौर्यसँग त्यस्तो म्यानुअल भए पनि त्यसको पालना नभएको देखिएको आयोगले जनाएको छ । म्यानुअलमा सामान जोख्ने, त्यसलाई लोड गर्ने र जहाजभित्र कसरी सुरक्षित राख्ने भन्ने उल्लेख हुन्छ ।

जाँच आयोगको प्रारम्भिक प्रतिवेदनमा वायुसेवा कम्पनीहरूले फेरि फ्लाइटमा गर्ने लापरबाहीतर्फ संकेत गरिएको छ । यसमा नागरिक उड्डयन प्राधिकरणले आँखा चिम्लिरहेको समेत देखिन्छ । प्रतिवेदनले सबै वायुसेवा कम्पनीलाई कार्गो उडानसम्बन्धी म्यानुअल पालना गर्न सुझाव दिएको छ ।

दुर्घटनास्थलको निरीक्षण, विमानको मूल्यांकन र सौर्य एयरलाइन्सका ग्राउण्ड कर्मचारीहरूसँगको अन्तर्वार्ताबाट अपरेटरले आफ्नो सञ्चालन नियमावलीमा तोकिएको अनुसार नगरेको पनि खुलेको छ ।

समितिले मुख्य पाँचवटा विषयलाई अनुसन्धानको आधार बनाएको छ । जहाजको तौल र सन्तुलन, टेकअफ गति, उडान अनुमति प्रक्रिया, मानवीय पक्ष र सेफ्टी म्यानेजमेन्ट प्रणालीका विषय पहिचान गरेको छ ।

सरकारले दुर्घटनालगत्तै रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो। समितिको सदस्यमा दीपुराज ज्वारचन, सञ्जय अधिकारी र डा. सुदीप भट्टराई सदस्य हुनुहुन्छ भने सदस्य सचिवमा मुकेश डंगोल रहेका छन्। आयोगले दुर्घटनाको प्रारम्भिक प्रतिवेदन बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको थियो।

नेपालमा ६९ वर्षयता भएका १०९ वटा हवाई दुर्घटनामा ७० प्रतिशत विमान खराब मौसमभित्र पाइलटले छिराएका कारण दुर्घटना भएको प्रतिवेदनहरूले औँल्याएका छन् । यिनमा अधिकांशले पाइलटलाई मुख्य दुर्घटना हुनुको कारण भनेका छन् । तर, सौर्यको दुर्घटनामा खराब मौसम, इञ्जिन फेलिअर, अरू प्राविधिक त्रुटि, एकल पाइलटको मात्रै कारण नदेखिएको दुर्घटना जाँच आयोगले देखाएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यायाधीशको पारिश्रमिकसम्वन्धी दुई विधेयक पास
न्यायाधीशको पारिश्रमिकसम्वन्धी दुई विधेयक पास
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, अन्यको अवस्था के छ ?
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, अन्यको अवस्था के छ ?
यातायात व्यवसायीको आन्दोलन : घेराउदेखि ग्यारेजमा गाडी थन्क्याउनेसम्म
यातायात व्यवसायीको आन्दोलन : घेराउदेखि ग्यारेजमा गाडी थन्क्याउनेसम्म
एउटै स्कुलमा पढेका साथीले सम्पत्तिको लोभमा छोरा अपहरण गरे
एउटै स्कुलमा पढेका साथीले सम्पत्तिको लोभमा छोरा अपहरण गरे
कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली
कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली
रानू मण्डल सँगै थिइन्, हिमेशको आँशु नरोकिइएपछि पत्नीले पुछिन्
रानू मण्डल सँगै थिइन्, हिमेशको आँशु नरोकिइएपछि पत्नीले पुछिन्
बिदेशमा पढ्न र घुम्न गएकाहरुले पाँच महिनामा लगे एक खर्ब तेइस अर्ब
बिदेशमा पढ्न र घुम्न गएकाहरुले पाँच महिनामा लगे एक खर्ब तेइस अर्ब
सक्षम भए जसले कमान्ड गरे पनि हुन्छ : श्रृष्टि खड्का
सक्षम भए जसले कमान्ड गरे पनि हुन्छ : श्रृष्टि खड्का
बिहिवार थपिए ३७ सय ४९ कोरोना संक्रमित
बिहिवार थपिए ३७ सय ४९ कोरोना संक्रमित
हिमालय एयरलाइन्सले भित्र्यायो नयाँ जहाज
हिमालय एयरलाइन्सले भित्र्यायो नयाँ जहाज

तपाईंले छुटाउनुभयो कि?