नेपाल प्रहरीमा ३ एआईजी, ३१ सय दरबन्दी थपियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २७, २०७५
|
|
१८ पटक हेरिएको
Shares
नेपाल प्रहरीमा ३ एआईजी, ३१ सय दरबन्दी थपियो

सारांश

  • काठमाडौं,  २७ जेठ।
  •  मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एआईजीको दरबन्दी कटौती गरेकाे छ ।
  • अब नेपाल प्रहरीमा  प्राविधिक बाहेक तीन जना मात्र एआईजी रहने भएका छन् ।

काठमाडौं,  २७ जेठ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एआईजीको दरबन्दी कटौती गरेकाे छ ।

अब नेपाल प्रहरीमा  प्राविधिक बाहेक तीन जना मात्र एआईजी रहने भएका छन् ।

संघीय प्रहरी ऐनको मस्यौदा निर्माणका क्रममा रहेको गृह मन्त्रालयले ५ एआईजी राख्ने प्रस्ताव गरेको थियो । तर, प्रदेशमा डीआईजी राखेर महानगरीय प्रहरी आयुक्तको कार्यालयमा एआईजी राख्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीन जना मात्र एआईजी राख्ने निर्णय गरेको सुजना तथा संचार मन्त्री गाेकुल बास्काेटाले बताए ।

राजनीतिक नेतृत्वको भागवण्डा मिलाउने क्रममा कुनै समय प्राविधिकसहित १६ जनासम्म पुगेको थियो । सुशील कोइराला नेतृत्वको सरकारले भागवण्डा मिलाउन एआईजीमा ९ जनालाई बढुवा गरेको थियो । त्यसमा नपरेका चार जनाले हालेको मुद्दामा सर्वोच्चले बढुवा गर्न आदेश दिएपछि १३ जना पुगे ।

त्यसबेला एआईजी भएकाहरुले अवकास पाएपछि हाल प्राविधिकतर्फका एक जना मात्र कार्यरत छन्। अहिले नयाँ बढुवा भएको छैन । मन्त्रिपरिषद्ले दरबन्दी तोकेपछि बढुवाको बाटो पनि खुलेको छ ।

सशस्त्र प्रहरीमा दुई जना मात्र एआईजी

मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीमा पनि एआईजीको दरबन्दी कटौती गरेको छ ।

अब  दुई जना मात्र एआईजी हुनेछन् । गृह मन्त्रालयले तीन एआईजी राख्ने प्रस्ताव गरेको थियो । हाल सशस्त्र प्रहरीमा ८ जना बहालवाला छन्  ।

३१ सय दरबन्दी थपियो

आइतबारको मन्त्रिपरिषद् बैठकले ३ हजार १ सय १ दरबन्दी थप गरेको छ। थप गर्न लागिएको दरबन्दीमा एक एसएसपी (प्राविधिक), १४ एसपी, १२ डिएसपी तथा ५० इन्सपेक्टरका पद छन्।

हरेक स्थानीय तहसम्ममा प्रहरी संयन्त्र पुर्‍याउनका लागि दरबन्दी थप भएको हो।विभिन्न गाउँपालिकामा नयाँ कार्यालय स्थापनाको प्रस्ताव अनुसार दरबन्दी थप भएको हो। त्यस्तै, नयाँ जिल्लाहरु पूर्वी नवलपरासी र पूर्वि रुकुममा पनि दरबन्दी स्वीकृत भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?