बम फ्याँक्ने हवल्दारले भेटे गृहमन्त्री शर्मालाई

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २७, २०७४
|
|
३५ पटक हेरिएको
Shares
बम फ्याँक्ने हवल्दारले भेटे गृहमन्त्री शर्मालाई

सारांश

  • काठमाडौं ।
  •  दाङको तुल्सिपुर स्थित अम्बास मतदान केन्द्रलाई लक्षित गरी फालेको बम तत्काल टिपेर मतदान स्थल बाहिर फालेका हवल्दार दुर्गा बहादुर रानाले गृहमन्त्री जनार्दन शर्मालाई भेटेका छन् ।
  • सोमबार गृहमन्त्रालयमा पुगेका हवल्दार लाई गृहमन्त्री शर्माले उनको बहादुरीको प्रशंसा गर्दै थप राम्रो काम गर्न हौसला दिनुभयो ।

काठमाडौं । दाङको तुल्सिपुर स्थित अम्बास मतदान केन्द्रलाई लक्षित गरी फालेको बम तत्काल टिपेर मतदान स्थल बाहिर फालेका हवल्दार दुर्गा बहादुर रानाले गृहमन्त्री जनार्दन शर्मालाई भेटेका छन् । सोमबार गृहमन्त्रालयमा पुगेका हवल्दार लाई गृहमन्त्री शर्माले उनको बहादुरीको प्रशंसा गर्दै थप राम्रो काम गर्न हौसला दिनुभयो ।

‘तपाईले राम्रो काम गर्नुभयो, थप राम्रो काम गर्दै जानुस उचित मुल्यांकन हुन्छ ।’ गृहमन्त्री शर्माले भन्नुभयो ।

दोस्रो चरणको स्थानिय तहको निर्वाचनमा दाङ, तुल्सिपुर उप–महानगरपालिका वडा नं ३ स्थित आधारभुत विद्यालय प्रतापकोट अम्बास मतदान केन्द्रमा मतदान केन्द्रलाई लक्षीत गरी फालेको बम तत्कालै टिपेर मतदान स्थल बाहिर फाल्दै हवल्दार रानाले जनधनको क्षती हुनबाट जोगाएका थिए ।
असार १४ गते मतदान कार्य सम्पन्न हुनासाथ गृहमन्त्री शर्माले हवल्दार रानालाई फोन गरेर बधाई दिनुभएको थियो । 

यसैबिच गृहमन्त्री शर्माले आफुले हपल्दार रानालाई १५सय दिएको हल्ला मात्र भएको
भन्दै खण्डन गर्नु भएको छ ।

उहाँले सामाजिक संजाल फुसबुक मार्फत स्पष्ट पार्नु भयो, ‘ नेपाल प्रहरीका हवल्दार श्री दुर्गा बहादुर राना गृह मन्त्रालयमा भेट्न आएको र मैले धन्यबाद दिएको हो, भेटका क्रममा गृह मन्त्रीले रु १५०० दियो भनी भ्रम छरेर उनको साहसीक कदमको अपमान नगर्न आग्रह गर्दछु   ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?