नेपाल फर्कंन खोज्दा पटक–पटक जेल बसे टेकबहादुर

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २, २०७४
|
|
२४ पटक हेरिएको
Shares
नेपाल फर्कंन खोज्दा पटक–पटक जेल बसे टेकबहादुर

सारांश

  • काठमाडौं, २ फागुन -साउदी अरेबियामा १५ वर्षसम्म हराएका टेकबहादुर राकसकोटी घर फर्कंने भएका छन् ।
  • १७ वर्षअघि साउदी पुगेका उनी १५ वर्षसम्म परिवार तथा अन्य कसैको पनि सम्पर्कमा थिएनन् ।
  • साउदी अरेबियास्थित नेपाली दूतावासले दुई वर्षअघि उनी साउदी अरेबिया र इराकको सिमानास्थित हाथर अल वातेन भन्ने ठाउँमा मरुभूमिमा उँट चराएर बस्ने गरेको पत्ता लगाएको थियो ।

काठमाडौं, २ फागुन -साउदी अरेबियामा १५ वर्षसम्म हराएका टेकबहादुर राकसकोटी घर फर्कंने भएका छन् । १७ वर्षअघि साउदी पुगेका उनी १५ वर्षसम्म परिवार तथा अन्य कसैको पनि सम्पर्कमा थिएनन् । साउदी अरेबियास्थित नेपाली दूतावासले दुई वर्षअघि उनी साउदी अरेबिया र इराकको सिमानास्थित हाथर अल वातेन भन्ने ठाउँमा मरुभूमिमा उँट चराएर बस्ने गरेको पत्ता लगाएको थियो । त्यसपछि, निरन्तर दुई वर्षको प्रयासपछि उनलाई नेपाल पठाउने स्थितिमा पुर्‍याउन दूतावास सफल भएको साउदी अरेबियाका लागि नेपाली राजदूत प्रा.डा. महेन्द्रप्रसाद सिंहले नयाँ पत्रिकालाई बताए । आजको नयाँ पत्रिका दैनिकमा जनार्दन बरालले खबर लेखेका छन् ।

गुल्मीको तत्कालीन कल्लीकोट गाविस–४ धाप आमडाँडाका राकसकोटीले आफू १६ वर्ष १० महिनाअघि साउदी अरेबिया आएको नयाँ पत्रिकासँग टेलिफोनमा बताए । उनी साउदी अरेबिया जाँदा बिहे भएको एक वर्ष मात्रै भएको थियो । तीन महिनाको छोरा र श्रीमतीलाई छोडेर उनी पैसा कमाउन साउदी गएका थिए । साउदी जानेबित्तिकै उनलाई मरुभूमिमा उँट चराउने काममा लगाइयो । कसैलाई सम्पर्क गर्ने मौका दिइएन । १५ वर्षसम्म उनी कहाँ छन् कसैलाई थाहै भएन । अहिले उनका छोरा १६ वर्षको जवान भइसकेका छन् । श्रीमती उनी आउने बाटो कुरिरहेकी छिन् । ‘पहिला–पहिला चिठी लेखेर पठाउँथेँ, तर परिवारले पाए नपाएको थाहा छैन । दूतावासले भेटेपछि भने टेलिफोनमा परिवारसँग कुरा भयो,’ उनी भन्छिन् ।

नेपाल फर्कंन खोज्दा पटक–पटक जेल बसेँ : टेकबहादुर राकसकोटी
१५ वर्ष हराएका र १७ वर्षपछि नेपाल फर्कने तयारीमा रहेका कामदार मेरो घर गुल्मी जिल्लाको कल्लीकोट गाविस वडा नं ४ (तत्कालीन) धाप आमडाँडा हो । म यहाँ आएको १६ वर्ष १० महिना भयो । मलाई गोल्डेन इन्टरनेसनल सर्भिसेस म्यानपावर गोंगबुले पठाएको हो । त्यसको कार्यालय गोंगबुमा थियो । त्यसको मालिक दिलीपकुमार श्रेष्ठ भन्ने थिए ।

मलाई साउदी आउनेबित्तिकै उँट चराउने ठाउँ (हाथर अल वातेन) मा लगियो । त्यो मरुभूमि क्षेत्र हो । इराकको सिमानानजिकै पर्छ । त्यसवेलादेखि अहिलेसम्म मैले उँट चराउने काम गरेँ । ७० वटा उँट चराउने जिम्मा मेरो थियो । वरिपरि ५–७ किलोमिटरसम्म अरू कोही हुँदैनथ्यो । ५–७ किलोमिटर पर अर्को मजरा पथ्र्यो । हिँडेर त्यहाँ पुग्न २–३ घन्टा लाग्ने । यहाँ बस्दा कोही नेपाली भेटिनँ । अन्य मजरामा भारतीय र बंगाली थिए । सुरुमा आठ वर्ष काम गरेको भने ज्याला पाएको थिएँ । आठ सालको ज्याला पाएको थिइनँ । दूतावासले दिलाइदियो ।

त्यसवेला हातमा मोबाइल थिएन । फोन गर्न पाउने ठाउँमा पुग्न २–३ घन्टा गाडीमा जानुपथ्र्यो । तर, साहुले जान दिँदैनथ्यो । पहिले चिठी पठाउँथेँ । तर, परिवारले पाए–नपाएको थाहा छैन । मोबाइल भएको भए कुरा हुन्थ्यो । तीन वर्षअघि मैले मोबाइल किनेँ । तर, न नेपालको नम्बर थियो, न टेलिफोनको टावर थियो । अलिमाथि डाँडामा गएपछि टावर आउँथ्यो । दूतावासले सम्पर्क गरेपछि भने घरमा कुरा हुन थाल्यो ।

पहिला पनि नेपाल आउन मन लाग्थ्यो । तर, साहुले जान दिँदैनथ्यो । तीन–चारचोटि भागेर जाने प्रयास गरेँ । तर, पुलिसले समाउँथ्यो, जेल हाल्थ्यो र फेरि साहुकै जिम्मा लगाउँथ्यो । कहिलेकाहीँ लेबर कोर्टसम्म मुद्दा पुग्थ्यो । तर, लेबर कोर्टबाट पनि साहुकहाँ नै फर्काइदिन्थ्यो । त्यो सिलसिलामा पटक–पटक १० दिन १२ दिनसम्म पनि जेल बस्नुपथ्र्यो । त्यसवेला मसँग भएको म्यानपावरको फोन नम्बरमा फोन पनि गरेँ। तर, यो अफिस नै छैन भन्यो । सम्पर्क हुन सकेन ।

दूतावासका सरहरूले मेरो उद्धार गर्नुभयो । अब नेपाल फर्कन्छु । दूतावासका सरहरूले खातामा पैसा आएपछि नेपाल जानुपर्छ भन्नुभएको छ ।

(https://emdrprofessionaltraining.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?