रु ३९ लाखमा झोलुङ्गे पुल बन्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १७, २०७४
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • बेनी (म्याग्दी), १७ जेठ ।
  • पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको नेरबाङस्थित गोरङ्खोलामाथि झोलुङ्गे पुलको निर्माण भएको छ ।
  • कुल रु ३९ लाखको लगानीमा बनाइएको ९५ मिटर लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ ।

बेनी (म्याग्दी), १७ जेठ । पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको नेरबाङस्थित गोरङ्खोलामाथि झोलुङ्गे पुलको निर्माण भएको छ । कुल रु ३९ लाखको लगानीमा बनाइएको ९५ मिटर लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ ।

पुल निर्माणका लागि स्वाप केन्द्रीय अनुदानबाट १९ लाख ९५ हजार ८७२, स्विस दूतावासबाट १० लाख ६३ हजार ४१६, झोलुङ्गे पुल सहयोग इकाई पोखरा र क्षेत्रीयस्तरको साझेदार संस्था पोखराको रु पाँचलाख ४० हजार सहयोग प्राप्त भएको थियो । मिलन म्याग्दीले भने पुल निर्माणका लागि व्यवस्थापन गरेको थियो ।

यसैगरी, जिल्ला समन्वय समिति म्याग्दीबाट रु एकलाख २५ हजार, मुदीको वडा कार्यालयबाट रु एक लाख १२ हजार र स्थानीयवासीको रु ७५ हजार जनश्रमदानमा पुल निर्माण गरिएको पोखराका प्राविधिक श्रीधर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षको वैशाख १३ गते सम्झौता भई यही जेठको ४ गते निर्माण सम्पन्न झोलुङ्गे पुलबाट ३०० घरधुरीका एक हजार ८४० जनसङ्ख्या प्रत्यक्ष लाभान्वित भएका छन् ।

निर्माण सम्पन्न झोलुङ्गे पुलको हालै उद्घाटन गर्दै धौलागिरि गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष थमसरा पुनले पुल निर्माणपछि आवतजावतमा धेरै सहज हुने बताउनुभयो ।

उहाँले गाउँपालिकाका सबै वडामा भौतिक पूर्वाधार विकास गर्ने बताउँदै दुर्गममा पुग्न नसकेको सरकारी सेवासुविधा अब गाउँपालिकामार्फत पु¥याइने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकीकृत कारोबार गर्दै ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’
एकीकृत कारोबार गर्दै ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’
चुच्चेपाटीस्थित भूकम्प पीडितहरुको टहरा डोजर लगाएर भत्काईयो
चुच्चेपाटीस्थित भूकम्प पीडितहरुको टहरा डोजर लगाएर भत्काईयो
अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु, १०० भन्दा बढी संक्रमित
अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु, १०० भन्दा बढी संक्रमित
समानुपातिक मतगणना: ४९ लाख मतसहित रास्वपाको ऐतिहासिक अग्रता, अन्य दल निकै पछाडि
समानुपातिक मतगणना: ४९ लाख मतसहित रास्वपाको ऐतिहासिक अग्रता, अन्य दल निकै पछाडि
विद्युत् प्राधिकरण डुबाउने २२ कर्मचारी भ्रष्टाचारी ठहर !!!
विद्युत् प्राधिकरण डुबाउने २२ कर्मचारी भ्रष्टाचारी ठहर !!!
हिमतालमा बेपत्ता ३ जना बालकको उद्दारका लागि गुहार
हिमतालमा बेपत्ता ३ जना बालकको उद्दारका लागि गुहार
सात जिल्ला घुमेर सदरमुकाम पुग्नुपर्ने बाध्यता
सात जिल्ला घुमेर सदरमुकाम पुग्नुपर्ने बाध्यता
जो विदेशी भूमिमा अस्ताए
सङ्गठनात्मक प्रतिस्पर्धा हैन काम र उत्पादनमा प्रतिस्पर्धा गर्नुपर्छ : ओली
सङ्गठनात्मक प्रतिस्पर्धा हैन काम र उत्पादनमा प्रतिस्पर्धा गर्नुपर्छ : ओली
सुशान्तसँग चुरोट पिएको सारा अलि खानको भिडियो भाइरल
सुशान्तसँग चुरोट पिएको सारा अलि खानको भिडियो भाइरल

तपाईंले छुटाउनुभयो कि?