बन्द गरेर बिरामीको जीवनसँग खेलवाड गर्न नहुने भन्दै डा. श्रेष्ठले गरिन विरोध
सारांश
- काठमाडौं ।
- नेपाल चिकित्सक संघले सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ ।
- तर त्यसैभित्रकी एकजना पदाधिकारीले भने जनताको स्वास्थ्यमा खेलवाड गर्न नहुने भन्दै विरोध गरेकी छिन् ।
काठमाडौं । नेपाल चिकित्सक संघले सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ । तर त्यसैभित्रकी एकजना पदाधिकारीले भने जनताको स्वास्थ्यमा खेलवाड गर्न नहुने भन्दै विरोध गरेकी छिन् ।
संघले अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको निम्ति सरकारले संवेदनशीलता नदेखाएको भन्दै बन्द गर्नु गलत भएको संघकी कोषाध्यक्ष डा. रक्षा श्रेष्ठले विरोध जनाएकी हुन् । उनले डाक्टर केसीको पक्षमा रहेको तर, बिरामीको जीवनसँग सरोकार राख्ने बन्द हडतालप्रति असहमति रहेको बताएकी हुन् ।
संघको बुधबार बसेको बैठकमा स्वास्थ्य संस्था बन्द गर्दा विरामीलाई मर्का पर्ने, बिचल्ली हुने भन्दै संघकी नोट अफ डिसेन्ट लेखेकी हुन् ।
”डा.गोबिन्द केसीको जीवन रक्षा हुनुपर्छ। कुनैपनि समस्याको समाधान सम्बाद र छलफल बाट मात्र हुन सक्छ। दूवै पक्षको यसतर्फ ध्यान जाओस र एउटा निष्कर्षमा चाडै पुगोस।अस्पताल जस्तो संवेदनशील ठाऊमा सेवा बन्द गरी आन्दोलन नहोस भन्ने कामना गर्दछु। बिरामीको उपचार नगर्ने, अस्पताल बन्द गर्ने गरी प्रस्ताव आएमा म त्यो प्रस्तावको बिपक्षमा हुनेछु” उनले यसअघि नै फेसबुकमा स्टाटस लेखेकी थिइन् ।
सरकारले डाक्टर केसीको माग नसुनेको भन्दै स्वास्थ्य संस्था बन्द गर्न नहुने उनको तर्क छ । तर, संघका अन्य पदाधिकारीले सरकार संवेदनहीन बन्दै गएकोमा बन्द घोषणा गर्नुको विकल्प नभएको धारणा राखेका थिए। कोषाध्यक्ष डा. श्रेष्ठले आफ्नो नोट अफ डिसेन्टमा, ‘हामी चिकित्सक प्रत्यक्ष बिरामीको जीवनसँग सरोकार राख्ने हुनाले बन्द हडतालमा असहमति जनाउँछु।’

बिनोद अन्जान
Good
Rajkumar Magar
great thinking