भक्तपुरमा पर्खालबाट आमाछोरा सँगै हामफाले, आमाको मृत्यु
सारांश
- भक्तपुरको मध्यपुर थिमी नगरपालिका–५ स्थित कमेरेटारमा करिब ५० मिटर अग्लो पर्खालबाट आमाछोरा हाम्फालेका छन् ।
- गएराति पर्खालबाट हाम्फाल्दा मोरङको सुन्दरहरैचा नगरपालिका–९ घर भएर भक्तपुर बस्दै आएकी ७४ वर्षकी मनमाया तिमल्सिनाको मृत्यु भएको छ ।
- पर्खालबाट हाम्फाल्दा मनमायाका छोरा ४९ वर्षीय मातुराम तिमिल्सिना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका–५ स्थित कमेरेटारमा करिब ५० मिटर अग्लो पर्खालबाट आमाछोरा हाम्फालेका छन् । गएराति पर्खालबाट हाम्फाल्दा मोरङको सुन्दरहरैचा नगरपालिका–९ घर भएर भक्तपुर बस्दै आएकी ७४ वर्षकी मनमाया तिमल्सिनाको मृत्यु भएको छ ।
पर्खालबाट हाम्फाल्दा मनमायाका छोरा ४९ वर्षीय मातुराम तिमिल्सिना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए । मातुरामको वीर अस्पतालमा उपचार भइरहेको छ । आमाछोरा डिप्रेशनका बिरामी थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया