जसपाको विधान अधिवेशन सुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १०, २०८०
|
|
३३ पटक हेरिएको
Shares
जसपाको विधान अधिवेशन सुरु

सारांश

  • काठमाडौँ ।
  • जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आजदेखि राजधानीमा सुरु भएको छ ।
  • कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आज पार्टी अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद अध्यक्ष अशोक राईले अधिवेशनको उद्घाटन गरेका हुन् ।

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आजदेखि राजधानीमा सुरु भएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आज पार्टी अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद अध्यक्ष अशोक राईले अधिवेशनको उद्घाटन गरेका हुन् ।

अधिवेशन आजदेखि तीन दिनसम्म सञ्चालन हुने सो पार्टीले जनाएको छ । पार्टीको शनिबार काठमाडौँमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको पार्टीको विधानको मस्यौदा यसै अधिवेशनमा पेस गरेर छलफल हुन लागेको जनाइएको छ ।

यस अधिवेशनमा केन्द्रीय समितिका चार सय छ सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय समिति, विषेश प्रदेश समिति, जिल्ला समिति, महानगर, भातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनित हुने १० जनासहित सात सय ६१ प्रतिनिधि सहभागी छन् ।

सहभागी भएका प्रतिनिधिलाई विभिन्न १० समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ भने छलफल सकिएपछि विधानमाथि नेताहरूले धारणा राख्ने गरी कार्यतालिका बनाइएको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ईच्छाशक्तिको कुरा गर्दै मन्त्रीले भने’ “लोग्ने मानिसलाई स्वास्नी मानिस पनि बनाउन सकिन्छ’
ईच्छाशक्तिको कुरा गर्दै मन्त्रीले भने’ “लोग्ने मानिसलाई स्वास्नी मानिस पनि बनाउन सकिन्छ’
विमल घर्तिमगरले भने म गम्भिर घाइते भएको होइन, आत्तिनुपर्दैन
विमल घर्तिमगरले भने म गम्भिर घाइते भएको होइन, आत्तिनुपर्दैन
राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ : नेम्वाङ
राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ : नेम्वाङ
नेकपाको प्रदेश सदस्यमा रोल्पाबाट २० जना
नेकपाको प्रदेश सदस्यमा रोल्पाबाट २० जना
निर्मला हत्या प्रकरण अनुसन्धान अघि बढाइदै, डिआइजीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन
निर्मला हत्या प्रकरण अनुसन्धान अघि बढाइदै, डिआइजीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन
निगमका खड्काले मागे नागरिक दैनिकसँग ८० करोड क्षतिपूर्ति
निगमका खड्काले मागे नागरिक दैनिकसँग ८० करोड क्षतिपूर्ति
ठूलाे धनराशी र गरगहना चोरीमा संलग्न महिला पक्राउ !
ठूलाे धनराशी र गरगहना चोरीमा संलग्न महिला पक्राउ !
कोरोना संक्रमण बढेसँगै विराटनगरमा फेरी लकडाउन
कोरोना संक्रमण बढेसँगै विराटनगरमा फेरी लकडाउन
बिमस्टेक चर्चा : नेपाल बुद्धमार्गीका लागि महत्वपूर्ण गन्तव्य
बिमस्टेक चर्चा : नेपाल बुद्धमार्गीका लागि महत्वपूर्ण गन्तव्य
श्रीलंकामा जारी संकटकाल खारेज
श्रीलंकामा जारी संकटकाल खारेज

तपाईंले छुटाउनुभयो कि?