चितवनबासिको मनमा बसेर फर्किए डिएसपी ढकाल, के के गरे ढकालले चितवनमा ?
सारांश
- चितवन, ८ कार्तिक ।
- चितवनमा एक वर्ष बसेका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रभुप्रसाद ढकालकाे सरूवा भएकाे छ ।
- जिल्ला प्रहरी कार्यालय चितवनमा सूचना अधिकारीका रुपमा समेत जिम्मेवारी सम्हालेका ढकालले जिल्लाको शान्ति सुरक्षा र अमनचयनमा महत्वपूर्ण योगदान पुर्याएका थिए।
चितवन, ८ कार्तिक । चितवनमा एक वर्ष बसेका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रभुप्रसाद ढकालकाे सरूवा भएकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनमा सूचना अधिकारीका रुपमा समेत जिम्मेवारी सम्हालेका ढकालले जिल्लाको शान्ति सुरक्षा र अमनचयनमा महत्वपूर्ण योगदान पुर्याएका थिए।
ढकालकाे प्रशंसा गर्दै प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले ढकालको ईमान्दारी पूर्वक गरिएका कामका कारण आफुलाई जिल्लामा काम गर्न सहज बनेको बताए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुशिल सिंह राठौंरले ढकालको काम व्यवसायीक रहेको टिप्पणी गरेका थिए । आफ्नो कार्यकालमा ढकालले जिल्लाको शान्ति सुरक्षामा ईमान्दारीताका साथ काम गरेको उनको भनाई छ । ढकालकाे राजनैतिक दल, पेशाकर्मी, कानुन व्यवसायी, पत्रकारसंगै नागरिक समाज र मानवअधिकार कर्मीहरुले पनि कामको प्रसंशा गरेका छन् । महिला अधिकारकर्मी मिना खरेल अपराध नियन्त्रणमा ढकालले खेलेको भूमिका अतुलनिय रहेको बताउँछिन् । महिला तथा बालबालिका माथि हुने अपराध न्यूनीकरणमा ढकालले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताइन् ।
यी हुन् ढकालले गरेका सकारात्मक कार्यहरू
डिएसपी प्रभुप्रसाद ढकालको चितवन बसाईमा जिल्ला प्रहरी कार्यालयले समाजमा हुने सामान्य घटना देखि ठूला गिरोह समेत पक्राउ गरि शान्ति अमनचयन स्थापित गर्न सफल भएको छ । कार्यालयले सो समयमा सुन तस्करदेखि मिर्गौला तस्कर सम्मको जालोलाई चिरफार गर्दै अपराधिलाई नियन्त्रर्णमा लिई कारवाहि गर्न सफल भएको छ । 
गत भदौ १९ गते अबैध रुपमा ल्याईएको सुन, चाँदी र सो सुन बेचबिखन बापत आएको नगद सहित बरामद गरी अबैध सुन तस्करको जालोलाई रोक्ने प्रयास उनकै सक्रियतामा भयो । समाजमा दिन दनाहाडै सुन चोरी गर्ने गिरोहको नाईके सहित पक्राउ गरि कारवाही गरीयो । गत साउन ११ गते भरतपुर महानगरपालिकाको भिआईपि क्षेत्रमा रहेका घरहरुबाट सुन चोरी गर्ने महिलालाई पक्राउ गरि कारवाहि प्रकृया अघि बढाउन कार्यालय सफल भयो । यो गिरोहको नियन्त्रणसंगै समाजमा केहि शान्ति सुरक्षाको महशुस गर्न थाले आम चितवनबासीले ।
चितवनलाई मेडिकल सिटिको रुपमा लिईन्छ । तर चितवनबाटै मिर्गौला तस्करी भईरहेको सूचनाका आधारमा प्रहरीले मिर्गौला बेच्ने गिरोहलाई पक्राउ गर्न सफल भयो । चितवनका विभिन्न अस्पतालमा गई उनिहरुलाई काठमाडौ उपचारका लागि पठाउने र त्यहाँबाट भारत पठाई मिर्गौला तस्कर गर्ने गिरोह, यात्रुलाई बेहोस बनाई लुटपाट गर्ने गिरोह र भिआईपि कल बाईपास गर्ने गिरोहलाई कार्यालयले पक्राउ गरी कारवाही समेत गरेको छ । ढकालको नेतृत्वमा भएका विभिन्न अनुसन्धानहरु सफल भएका छन् ।
ढकाल जिल्लामा रहँदा भएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको समयमा प्रहरी अप्रेसन कमाण्डरको रुपमा खटिई शान्ति पूर्ण र भयरहित तरिकाले निर्वाचन गराउन सफल रहे । निर्वाचन विथोल्ने गतिविधि गर्नेलाई पक्राउ गरि कारवाहि गर्ने, निर्वाचन बिथोल्न सक्रिय बिप्लव नेतृत्व माओवादीका जिल्ला ईन्चार्ज सहित विभिन्न व्यक्तिलाई पक्राउ गरि कारवाहि गरीएको थियो ।
यस्तै ढकालकै नेतृत्वमा तीन पाँग्रे सवारी साधन (अटो रिक्सा र ई रिक्सा)हरुलाई भरतपुर महानगरपालिका अन्तर्गत मुख्य राजमार्ग र बाईपास मार्गमा आवागमन रोक लगाउने भनि भएको निर्णयको बिरोधमा भएको प्रदर्शनलाई सामान्य दवाब पछि सडक संञ्चालन गर्ने, सुरक्षित चितवनको अबधारणलाई सफल बनाउन थ्रि एस अप्रेसनको संचालन समेत सुरु गरियो ।
ढकालको प्रत्यक्ष निगरानी सुरु गरिएको थ्रिएस अप्रेसन प्रभाबकारी रुपमा अघि बढाउदै समाजमा भए गरेका बिकृति बिसंगती नियन्त्रणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने, सो क्रममा १६ जना पुरुष र ५ जना महिला शंकास्पद रुपमा नियन्त्रणमा लिईएको हो । मापदण्डा विपरीत खोलाजन्य पदार्थ उत्खनन गर्ने सवारी साधन नियन्त्रणमा लिई चोरी निकाशी रोक्ने कामलाई प्रभाबकारी बनाउन सो समयमा प्रहरी सफल भएको छ ।
चितवनलाई नमुना जिल्लाको रुपमा स्थापित गर्ने योजना सफल बनाउन महिला संजाल र समाजमा रहेका बिभिन्न व्याक्तित्वहरुसंग सहकार्य गरि जनचेतना जगाउँदै तल्लो तहसम्म शान्ति सुरक्षाको महशुश गराउन ढकाल सहित जिल्ला प्रहरी कार्यालय सफल भयो ।
जिल्लामा गुण्डागर्दि नियन्त्रणमा उनको भूमिका महत्वपूर्ण रह्रयो । गृह प्रशासन सुधार कार्ययोजना ८२ बुँदे कार्यक्रम तथा संगठन प्रमुखको १० बुँदे प्रथामिकतामा परेका कुराहरुलाई कार्यान्वयन गराउन जिल्ला प्रमुखलाई उनको महत्वपूर्ण सहयोग रहेको प्रमुखहरु बताउँछन् । डिएसपी ढकाललाई पत्रकार, बार, नागरिक समाजलगायतका प्रतिनिधिहरुले विदाई गरेका छन् ।
प्रतिक्रिया