स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सिके राउत छुट्टै मधेश राज्य अभियानबाट अलग हुने
सारांश
- काठमाडौं।
- स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका सिके राउतले अब अखण्ड नेपाल स्वीकार गर्ने भएका छन्।
- सरकारसँग गोप्य रुपमा वार्ता गरेका उनी अन्ततः नेपालको राष्ट्रिय एकता, भौगोलिक अखण्डता स्वीकार्न सहमत भएका हुन्।
काठमाडौं। स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका सिके राउतले अब अखण्ड नेपाल स्वीकार गर्ने भएका छन्। सरकारसँग गोप्य रुपमा वार्ता गरेका उनी अन्ततः नेपालको राष्ट्रिय एकता, भौगोलिक अखण्डता स्वीकार्न सहमत भएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राउतले आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने भएको राजनीतिक एवं सुरक्षा स्रोतहरुले पुष्टि गरेका छन्।
‘अलग मधेश राज्यको माग गरिरहेका सिके राउतले सरकारसँग गोप्य रूपमा अखण्ड नेपाल स्वीकार्ने सहमति गरेका छन्’, स्रोतले नेपालखबरसँग भन्यो, ‘त्यसका लागि १ बजे राष्ट्रिय सभागृहमा सार्वजनिक कार्यक्रमको आयोजना गरिँदैछ।’
राउत अध्यक्ष रहेको स्वतन्त्र मधेस गठबन्धन समेत आजैबाट बिघटन हुने स्रोतले बतायो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ट्विट गर्दै १ बजे राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री ओलीको विशेष महत्वको विषयमा सम्बोधन रहेको जानकारी दिएका छन्। सो कार्यक्रमलाई प्रधानमन्त्री ओली र राउतले संयुक्त रूपमा सम्बोधन गर्दैछन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया