नेपाल लाइफ इन्स्योरेन्का थप २ अनलाइन सेवा
सारांश
- नेपाल लाइफ इन्स्योरेन्सले थप दुई वटा अनलाइन सेवा सार्वजनिक गरेको छ ।
- कम्पनीले कोरोना संक्रमणको जोखिममा सकेसम्म अत्यावश्यकभन्दा बाहेकका अवस्थामा घरमै बस्नुपर्ने हुनाले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै नेपाल लाइफले मेच्युरिटी क्लेम र क्लेम इन्टीमेसन अनलाइन सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
- मेच्युरिटी क्लेम सेवामार्फत आफ्ना बिमितहरूले बिमालेख मेच्युरिटी हुने समयावधिको जानकारी लिन सकिने जनाइएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सले थप दुई वटा अनलाइन सेवा सार्वजनिक गरेको छ । कम्पनीले कोरोना संक्रमणको जोखिममा सकेसम्म अत्यावश्यकभन्दा बाहेकका अवस्थामा घरमै बस्नुपर्ने हुनाले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै नेपाल लाइफले मेच्युरिटी क्लेम र क्लेम इन्टीमेसन अनलाइन सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
मेच्युरिटी क्लेम सेवामार्फत आफ्ना बिमितहरूले बिमालेख मेच्युरिटी हुने समयावधिको जानकारी लिन सकिने जनाइएको छ । यस सेवामा मेच्यूरिटीको समय पुगेका बीमितहरूले आप्mनो बिमा लेखको मेच्यूरिटी क्लेमको प्रक्रिया अघि बढाउन सक्ने जनाइएको छ ।
त्यसैगरी क्लेम इन्टीमेसन सेवाअन्तर्गत दावीकर्ताहरूले घरमै बसेर अनलाइन मार्फत नेपाल लाइफको वेबसाइटमा दावी सम्बन्धी जानकारी दिन सक्नेछन् । जसको आधारमा नेपाल लाइफका कर्मचारीहरूले दावी भुक्तानी प्रक्रिया आगाढि बढाउने कम्पनीले जनाएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम इसेवा, प्रभु पे र नेपाल इन्भेष्टमेन्ट बैंकमार्फत अनलाइन भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।
Maturity Claim र Claim Intimation सेवाको लागि लिंक
https://webapp.nepallife.com.np/ns/ClaimMgmt/ClaimMain.aspx
Maturity Claim र Claim Intimation सेवा लिने Tutorial को लागि लिंक
https://www.youtube.com/watch?v=_qWRkT1o4Hc
विषम परिस्थितिमा सम्पर्क व्यक्तिको लागि लिंक
(Adipex)
प्रतिक्रिया