घुमुवा प्रहरी हुँ भन्दै रकम उठाउने पर्साबाट पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १५, २०८०
|
|
५३ पटक हेरिएको
Shares
घुमुवा प्रहरी हुँ भन्दै रकम उठाउने पर्साबाट पक्राउ

सारांश

  • पर्सा ।
  • घुमुवा प्रहरी हुँ भन्दै व्यापारीहरूसँग महिनावारी रकम उठाएको अभियोगमा एकजना पक्राउ परेका छन ।
  •  बारा आदर्श कोतवाल गाउँपालिका–८ लक्ष्मीपुर बस्ने ५५ वर्षीय गोबिन्द महतो कोईरीलाई प्रहरीले पक्राउ गरेको हो ।

पर्सा । घुमुवा प्रहरी हुँ भन्दै व्यापारीहरूसँग महिनावारी रकम उठाएको अभियोगमा एकजना पक्राउ परेका छन । बारा आदर्श कोतवाल गाउँपालिका–८ लक्ष्मीपुर बस्ने ५५ वर्षीय गोबिन्द महतो कोईरीलाई प्रहरीले पक्राउ गरेको हो । 

कोईरीले ५–६ महिनादेखि आफूलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटी आएको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी हुँ भन्दै वीरगञ्ज महानगरपालिका–२३ हरपतगञ्जस्थित व्यापारीहरूसँग रकम उठाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले उनलाई वीरगञ्ज महानगरलिका–२३ सुगौली विर्ताबाट पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?