तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न आग्रह

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ९, २०७६
|
|
४४ पटक हेरिएको
Shares
तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न आग्रह

सारांश

  • नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
  • नेपाल प्रेस युनियन कास्कीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले नक्सा छापेर सार्वजनिक गर्न सक्दैन भने त्यो कामका लागि काँग्रेस तयार रहेको बताउनुभयो ।
  • प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले भारतले जारी गरेको विवादित नक्सा सच्याउन तत्काल पहल गर्न भनेको भए पनि सरकार ठोस रूपमा अघि बढ्न उहाँको भनाइ थियो ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले नक्सा छापेर सार्वजनिक गर्न सक्दैन भने त्यो कामका लागि काँग्रेस तयार रहेको बताउनुभयो । प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले भारतले जारी गरेको विवादित नक्सा सच्याउन तत्काल पहल गर्न भनेको भए पनि सरकार ठोस रूपमा अघि बढ्न उहाँको भनाइ थियो ।

भारतले प्रधानमन्त्री ओलीको सहमतिमा नक्सा जारी गरेको भनेर काँग्रेस सभापतिले आशङ्का मात्र व्यक्त गरेको बताउँदै उहाँले यस सम्बन्धमा सरकार र नेकपाका नेताले जवाफ दिनुभन्दा भारतसँग छिटो वार्ता गर्नुपर्नेमा जोड दिनुभयो । सबै राजनीतिक दलले पटकपटक भारतसँग छिटो वार्ता गर्न भने पनि प्रधानमन्त्रीले त्यसको बेवास्ता गरेका कारण आशङ्का गरिएको उहाँले बताउनुभयो ।

राष्ट्रिय एकताका विषयमा आन्तरिक झगडा नभई सबै एकैठाउँमा उभिएर समस्या समाधानतर्फ लाग्नुपर्नेमा जोड दिँदै प्रवक्ता शर्माले भन्नुभयो, “यो हाम्रा लागि ऐतिहासिक अवसर हो, सरकारले यथाशीघ्र कूटनीतिक र उच्चस्तरीय राजनीतिक पहल गर्नुपर्छ । यसमा प्रधानमन्त्री ओलीको अग्रसरता आवश्यक छ ।”

पार्टीले जिम्मेवार प्रतिपक्षका रूपमा भूमिका निर्वाह गरिरहेको बताउँदै प्रवक्ता शर्माले सरकार गठनको यस अवधिमा महङ्गी, हत्या, हिंसा, भ्रष्टाचार एवं बलात्कारजन्य घटना दिनानुदिन बढिरहेको आरोप लगाउनुभयो । भ्रष्टाचार छानबिन गर्न संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायको बेवास्ता गरी सरकार आफैँले छानबिन समिति बनाएको उहाँले बताउनुभयो ।

देशैभरिको उपनिर्वाचनको वातावरण काँग्रेसका पक्षमा भएको दाबी गर्दै उहाँले कास्की क्षेत्र नं २ मा हुने निर्वाचनमा पार्टीले दुई हजार ४०० भन्दा फराकिलो मतले जित्ने सूचना प्राप्त भएको जानकारी दिनुभयो । कास्की क्षेत्र नं २ मा काँग्रेसले त्यागी, निष्ठावान नेता खेमराज पौडेललाई उम्मेदवार बनाएको बताउँदै उहाँले चुनावमा काँग्रेस पार्टीभित्रको एकता मजबुत रहनुका साथै सरकारका गतिविधिका कारण पार्टीलाई निर्वाचन जित्न सहज बनाएको उल्लेख गर्नुभयो ।

वर्तमान सरकारलाई सच्चिन दबाब दिनका लागि कम्युनिष्ट कार्यकर्तालाई पनि यस पटक काँग्रेसको रुख चिह्नमा मतदान गर्न उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन्दरमणिको आरोप- ‘रबिन्द्र मिश्रको पार्टी इयुको पैसा खाएर चल्दैछ’
सुन्दरमणिको आरोप- ‘रबिन्द्र मिश्रको पार्टी इयुको पैसा खाएर चल्दैछ’
सरकारप्रति जनताको विश्वास गुम्दै गएको छ : वरिष्ठ नेता पौडेल
सरकारप्रति जनताको विश्वास गुम्दै गएको छ : वरिष्ठ नेता पौडेल
राष्ट्रका सम्पदा जलाउनेमाथि कारबाही नभए सडकमा उत्रिने चेतावनी
राष्ट्रका सम्पदा जलाउनेमाथि कारबाही नभए सडकमा उत्रिने चेतावनी
पाेखरा विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य
पाेखरा विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य
दुई नम्बर प्रदेशमा पहिलो पार्टी बन्छौं ः अध्यक्ष प्रचण्ड
दुई नम्बर प्रदेशमा पहिलो पार्टी बन्छौं ः अध्यक्ष प्रचण्ड
विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ
विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ
झुठो समाचार लेखेको भन्दै सम्पादक पक्राउ
झुठो समाचार लेखेको भन्दै सम्पादक पक्राउ
मध्यरातमा गरियो पेट्रोलियम पदार्थको मूल्यवृद्धि, हवाई इन्धनमा ५ रुपैयाँ बढ्यो
मध्यरातमा गरियो पेट्रोलियम पदार्थको मूल्यवृद्धि, हवाई इन्धनमा ५ रुपैयाँ बढ्यो
सुदूरपश्चिमममा स्क्रव टाइफसको सङ्क्रमणबाट ७४ बिरामी
सुदूरपश्चिमममा स्क्रव टाइफसको सङ्क्रमणबाट ७४ बिरामी
लालबाबु पण्डितले सोधे, “जनकपुरमा नेपालको झण्डा बिगार्ने को हो ?”
लालबाबु पण्डितले सोधे, “जनकपुरमा नेपालको झण्डा बिगार्ने को हो ?”