भलिबलको सेमिफाइनलका खेल अाज!

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १६, २०७५
|
|
२२ पटक हेरिएको
Shares
भलिबलको सेमिफाइनलका खेल अाज!

सारांश

  • काठमाडौँ, १६ आसोज ।
  • नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेसनको आयोजनामा जारी सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताका दुबै सेमिफाइनलका खेल आज हुँदैछन् ।
  • त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कबर्डहलमा जारी प्रतियोगिताअन्तर्गत आज पहिलो सेमफिाइनलमा चितवन टाइगर्सले नेपाल पुलिस क्लबसँग तथा दोस्रो सेमिफाइलनमा एपिएफले न्यू डायमण्ड क्लबसँग खेल्नेछ ।

काठमाडौँ, १६ आसोज । नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेसनको आयोजनामा जारी सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताका दुबै सेमिफाइनलका खेल आज हुँदैछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कबर्डहलमा जारी प्रतियोगिताअन्तर्गत आज पहिलो सेमफिाइनलमा चितवन टाइगर्सले नेपाल पुलिस क्लबसँग तथा दोस्रो सेमिफाइलनमा एपिएफले न्यू डायमण्ड क्लबसँग खेल्नेछ । प्रतियोगितामा सहभागी छ टोलीमध्ये पोखरा पिङ्केज र त्रिभुवन आर्मी क्लब भने समूह चरणबाट बाहिरिएका छन् । यही असोज १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा न्यू डायमण्ड, चितवन टाइगर्स र त्रिभुवन आर्मी सशस्त्र प्रहरीको एपिएफ, नेपाल पुलिस र पोखरा पिङ्केज गरी छ टोलीले सहभागिता जनाएका छन् ।

भलिबलको इतिहासमा सर्वाधिक राशि पुरस्कार राखिको प्रतियोगिताको विजेताले रु छ लाख, दोस्रोले रु तीन लाख र तेस्रोले रु एक लाख ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र रु ५० हजार प्राप्त गर्ने नेपाल भलिबल सङ्का महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?