नेपाल विद्यालय कर्मचारी परिषदद्धारा नगर प्रमुखलाई ध्यानकर्षण
सारांश
- माधव बेल्वासे, कपिलवस्तु चन्द्रौटा, ३१ साउन ।
- नेपाल विद्यालय कर्मचारी परिषद शिवराज नगरपालिका द्धारा जिल्लाको शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीलाई ध्यानकर्षण पत्र वुझाइएको छ ।
- सामुदायीक विद्यालयमा कार्यरत कार्यलय सहायक र कार्यलय सहयोगीको संगठन नेपाल विद्यालय कर्मचारी परिषद केन्द्रिय समितिले आयोजना गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत देशैभरका स्थानिय तहमा ध्यानकर्षण पत्र वुझाउने कार्यक्रम अन्तर्गत शिवराजमा पनि वुझाइएको हाे।
माधव बेल्वासे, कपिलवस्तु चन्द्रौटा, ३१ साउन । नेपाल विद्यालय कर्मचारी परिषद शिवराज नगरपालिका द्धारा जिल्लाको शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीलाई ध्यानकर्षण पत्र वुझाइएको छ । सामुदायीक विद्यालयमा कार्यरत कार्यलय सहायक र कार्यलय सहयोगीको संगठन नेपाल विद्यालय कर्मचारी परिषद केन्द्रिय समितिले आयोजना गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत देशैभरका स्थानिय तहमा ध्यानकर्षण पत्र वुझाउने कार्यक्रम अन्तर्गत शिवराजमा पनि वुझाइएको हाे।
वर्षै देखी सामुदायिक विद्यालयमा न्युन परिश्रमीकमा काम गर्दै आएका कर्मचारीको पारिश्रमिक थप गर्नुपर्ने माघ राख्दै आन्दोलीत भएका छन ।कर्मचारीहरुलाई विद्यालय अनुदानको रुपमा मासिक २ हजार,४ हजार ५ सय,७ हजार ५ सय र ११ हजार ५ सय दिएर झारा टार्ने काम गरेकाे भन्दै आपत्ति जनाएका छन । शिक्षा ऐन आठौ संशोधनवाट गरिएको विद्यालय कर्मचारी सम्वन्धि व्यावस्थालाई केहि संशाेधन गरी विद्यालयका कर्मचारीहरुको हित अनुकुलको ऐन बनाउन पटक पटक ध्यानकर्षण गराउदा समेत बेवास्ता गरी उल्टो संसोधनमा गरेको व्यावस्था समेत हटाएर विद्यालय कर्मचारीहरुलाई व्यवस्थापन गर्ने जिम्मा स्थानिय तहलाई दिने उल्लेख गरेकाे हुदा कर्मचारीको भविष्य अन्योल देखिएको ध्यानकर्ष पत्रमा उल्लेख छ ।
कर्मचारीहरुले निजामति वा शिक्षक सरह तलव भत्ता तथा पोषाकको व्यावस्था गरिनुपर्ने,सरकारको तर्फवाट नियुक्त पत्रको व्यावस्था गरिनुपर्ने,समान पदको समान ज्याला हुनुपर्ने लगाएतका माग राख्दै आन्दोलन भइरहेको छ । नगर अध्यक्ष यमलाल भुसालको हस्ताक्षर रहेको पत्रमा यदि सरकारले सुनुवाई नगरेमा देशैभरमा यहि भदौ ३ र ४ गते सामुदायिक विद्यालय बन्द गर्ने र ७ गते काठमाण्डाैमा शान्पिुर्ण प्रदर्शन गर्ने वताइएको छ ।
पत्र वुझदै नगर प्रमुख नेत्रराज अधिकारीले स्थानिय तहले यस वर्ष यस विषयमा कुनै शिर्षक नराखेको हुदा आगमी दिनमा यस विषयलाई छलफलमा ल्याउने वताए ।अधिकारीले प्रदेश तथा संघिय सरकारलाई यस विषयमा जानकारी गराई सो पत्र पठाउने समेत आश्वासन दिए ।
प्रतिक्रिया