जापानका नयाँ सम्राटलाई भेट्ने ट्रम्प पहिलो विदेशी नेता

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १३, २०७६
|
|
३७ पटक हेरिएको
Shares
जापानका नयाँ सम्राटलाई भेट्ने ट्रम्प पहिलो विदेशी नेता

सारांश

  • टोकियो (रासस(एएफपी) ।
  • अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प जापानका नयाँ सम्राट नारुहितोलाई भेट्ने पहिलो विदेशी नेता बनेका छन् ।
  • नारुहितो र ट्रम्पबीच टोकियो दरबारमा सोमबार भेटवार्ता भएको जापानी अधिकारीहरुले जानकारी दिएका छन् ।

टोकियो (रासस(एएफपी) । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प जापानका नयाँ सम्राट नारुहितोलाई भेट्ने पहिलो विदेशी नेता बनेका छन् । नारुहितो र ट्रम्पबीच टोकियो दरबारमा सोमबार भेटवार्ता भएको जापानी अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यसअवसरमा जापानी सेनाले ट्रम्पलाई उच्च सम्मान प्रकट गरेको थियो । त्यतिबेला ट्रम्पले कालो कोट र रातो टाई लगाएका थिए भने जापानी सम्राटले उज्यालो निलो टाई लगाएका थिए ।

भेटमा जापानी साम्राज्ञी र अमेरिकी प्रथम महिला मेलानीया ट्रम्प पनि सहभागी थिए। जापानी साम्राज्ञी मासाकोले सेतो टोपी र ज्याकेट लगाएका थिए भने मेलानीयाले सेतो कपडा र अग्लो रातो हिल लगाएका थिए । राजप्रासादमा दुई नेताबीच झण्डै ५० मिनेट भेटवार्ता भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?