सर्पदंश विरुद्ध सुई वितरण

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १२, २०७५
|
|
२५ पटक हेरिएको
Shares
सर्पदंश विरुद्ध सुई वितरण

सारांश

  • हेटौँडा ।
  • प्रदेश नं २ का तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा तथा प्रदेश नं ३ का सिन्धुली र चितवनमा वर्षात् र गर्मीको प्रकोपले सर्पले बढी टोक्ने भएकाले एन्टीभेनम सुई उपलब्ध गराइएको छ ।
  • दुवै प्रदेशका जिल्लाका स्वास्थ्य संस्थामा सर्पदंशबाट प्रभावित व्यक्तिलाई तत्काल उपचार गनै एन्टीभेनम सुईको भायल शुक्रबार उपलब्ध गराइएको क्षेत्रीय मेडिकल स्टोर हेटौँडाले जनाएको छ ।

हेटौँडा । प्रदेश नं २ का तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा तथा प्रदेश नं ३ का सिन्धुली र चितवनमा वर्षात् र गर्मीको प्रकोपले सर्पले बढी टोक्ने भएकाले एन्टीभेनम सुई उपलब्ध गराइएको छ ।

दुवै प्रदेशका जिल्लाका स्वास्थ्य संस्थामा सर्पदंशबाट प्रभावित व्यक्तिलाई तत्काल उपचार गनै एन्टीभेनम सुईको भायल शुक्रबार उपलब्ध गराइएको क्षेत्रीय मेडिकल स्टोर हेटौँडाले जनाएको छ । एन्टीभेनम सुई १५० देखि बढीमा ८०० भायलसम्म सम्बन्धित जिल्ला अस्पताल, स्वास्थ्यचौकी र प्राथमिक उपचार केन्द्रमा पठाइएको हो ।

एन्टीभेनम सुईको भायल २ नं प्रदेशका जनकपुर अञ्चल अस्पताल, वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, महोत्तरी जिल्ला अस्पताल, रौतहट जिल्ला अस्पताल, कलैया जिल्ला अस्पताल, मलगंवा जिल्ला अस्पताल, नवलपुर स्वास्थ्यचौकी सर्लाही र निजगढ स्वास्थ्यचौकी बारामा उपलब्ध गराइएको छ ।

यसैगरी प्रदेश नं ३ का सिन्धुली जिल्ला अस्पताल र भरतपुर अस्पतालमा एन्टीभेनम सुई उपलब्ध गराइएको क्षेत्रीय मेडिकल स्टोरबाट थाहा भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?