नेप्से परिसूचक उकालो यात्रामा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २, २०८०
|
|
२१ पटक हेरिएको
Shares
नेप्से परिसूचक उकालो यात्रामा

सारांश

  • काठमाडौँ ।
  • धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ ।
  • नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ९१ अङ्कले उकालो लागेर दुई हजार एक सय ५४ दशमलव शून्य सातमा पुगेको छ ।

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ९१ अङ्कले उकालो लागेर दुई हजार एक सय ५४ दशमलव शून्य सातमा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले उकालो लागेर चार सय सात दशमलव एक तीनमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ ।

नेप्सेका अनुसार कूल ८६ लाख ७६ हजार चार सय ३८ कित्ता शेयर रू तीन अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ मूल्य बराबरको कारोबार भएको छ । आजको कारोबारपछि बजार पूँजीकरण रू ३१ खर्ब ६५ अर्ब ४७ करोड ३२ लाख ४९ हजार चार सय ४३ बराबर पुगेको छ । कारोबारका आधारमा स्वावलम्बन लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रू २१ करोड ७७ लाख ३९ हजार आठ सय ६३ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार शिवम् सिमेन्ट रू १७ करोड ९८ लाख ६१ हजार तीन सय चार, हिमालयन लाइफ इन्स्योरेन्स रू १५ करोड ६३ लाख ९० हजार तीन सय ३३, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रू ११ करोड ६६ लाख ११ हजार र एशियन लाइफ इन्स्योरेन्स रू १० करोड २३ लाख ७१ हजार नौ सय ७३ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

त्यस्तै, बीपीडब्ल्यू लघुवित्त र युनाइटेड अजोड इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । शुभम् पावर आठ दशमलव ८९, युनिलिभर नेपाल आठ दशमलव ३९ र उपकार लघुवित्तका लगानीकर्ताले छ दशमलव ७८ प्रतिशतले कमाएका छन् ।

नेप्सेका अनुसार सानिमा लार्ज क्याप पाँच दशमलव १४, ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो चार दशमलव ६३, सिटिजन म्युचुअल फण्ड पहिलो चार दशमलव ११, सानिमा ग्रोथ फण्ड तीन दशमलव ९० र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले तीन दशमलव ६५ प्रतिशतले गुमाएका छन् ।

(https://basicbluesnation.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ईशान प्रसाईलाई सम्झँदै डब्लिनमा सांगीतिक साँझ ! फोटो सहित
ईशान प्रसाईलाई सम्झँदै डब्लिनमा सांगीतिक साँझ ! फोटो सहित
फेसबूक गफगाफमै माया प्रेम , बेचिनबाट जोगिइन् किशोरी
फेसबूक गफगाफमै माया प्रेम , बेचिनबाट जोगिइन् किशोरी
नेकपाका संस्थापक पुष्पलालको ४५औँ स्मृति दिवस मनाइँदै
नेकपाका संस्थापक पुष्पलालको ४५औँ स्मृति दिवस मनाइँदै
स्कटल्यान्डविरूद्ध नेपालको ऐतिहासिक जित
स्कटल्यान्डविरूद्ध नेपालको ऐतिहासिक जित
दोस्रो चरणको निर्वाचनमापनि एमालेको बिजयी यात्रा सुरु,  प्यानल नै निर्बिरोध !
दोस्रो चरणको निर्वाचनमापनि एमालेको बिजयी यात्रा सुरु, प्यानल नै निर्बिरोध !
प्रतिनिधिसभा बैठक : एमाले अध्यक्ष ओलीमाथि भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण
प्रतिनिधिसभा बैठक : एमाले अध्यक्ष ओलीमाथि भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण
लम्जुङमा प्रारम्भमै देव गुरुङ दोब्बरले पछि
शिक्षकलाई तलब खुवाउन अलैँची खेती
शिक्षकलाई तलब खुवाउन अलैँची खेती
काँग्रेसका सबै सांसदले दशैँभत्ता फिर्ता गर्ने
प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै
प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै

तपाईंले छुटाउनुभयो कि?