३ वर्षे बालिकाले यसरी रक्सी पिएपछि …
सारांश
- तनहुँ, जेठ २७ – घरमा बाबुले रक्सी पिएको देखिरहेकी ३ वर्षकी बालिकाले सिको गर्दै रक्सी पिउँदा अचेत बनेकी छिन् ।
- दमौली म्याग्दे–७ की एक बालिकाले रक्सी खाएपछि होस नखुलेपछि उनलाई पोखरा अस्पताल पुराइएको हो ।
- उनले शुक्रबार विहान घरमा आमाले नदेख्ने गरी भाँडामा राखेको रक्सी पिएकी थिइन् ।
तनहुँ, जेठ २७ – घरमा बाबुले रक्सी पिएको देखिरहेकी ३ वर्षकी बालिकाले सिको गर्दै रक्सी पिउँदा अचेत बनेकी छिन् । दमौली म्याग्दे–७ की एक बालिकाले रक्सी खाएपछि होस नखुलेपछि उनलाई पोखरा अस्पताल पुराइएको हो ।
उनले शुक्रबार विहान घरमा आमाले नदेख्ने गरी भाँडामा राखेको रक्सी पिएकी थिइन् । रक्सी पिएर अचेत अवस्थामा निदाएकी उनीलाई झारफुक गर्दा पनि ठीक नभएपछि दमौली अस्पताल पुर्याइएको थियो । दमौली अस्पतालका चिकित्सकले बालिकालाई अक्सिजन दिएर पोखरा पठाएका थिए ।
धेरै रक्सी पिएका कारण बालिकाको दुवै फोक्सो खराब भएको चिकित्सकले बताएका थिए ।
बिरामी बालिका बाबु यमबहादुरले कहिलेकाहीं आफूले खाँदा छोरीलाई पनि थोरै रक्सी खान दिने गरेको बताएका थिए । आफूहरुले नदेख्ने गरी छोरीले धेरै रक्सी खाएको बताएका थिए । बालिकाको पोखरामा उपचार भैरहेको जनाइएको छ ।
प्रतिक्रिया