पुजार सार्कीमा जोडिए अञ्जना र परीक्षा

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ४, २०८०
|
|
१५ पटक हेरिएको
Shares
पुजार सार्कीमा जोडिए अञ्जना र परीक्षा

सारांश

  • काठमाडौं ।
  • निर्देशक दिनेश राउतले आफ्नो चलचित्र ‘पूजार सार्की’को मुख्य अभिनेता अभिनेत्रीको चयन पूरा गरेका छन् ।
  • यस चलचित्रमा यसअघि तीन अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह भित्रिसकेका छन् ।

काठमाडौं । निर्देशक दिनेश राउतले आफ्नो चलचित्र ‘पूजार सार्की’को मुख्य अभिनेता अभिनेत्रीको चयन पूरा गरेका छन् । यस चलचित्रमा यसअघि तीन अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह भित्रिसकेका छन् ।

यस चलचित्रका दुई अभिनेत्रीमा अञ्जना बराइली र परीक्षा लिम्बु अनुबन्धित भएका छन् । अब एक महिनाको कार्यशालापछि आफूहरू माघेसंक्रान्तिबाट छायांकनमा जाने यस चलचित्रका निर्देशक दिनेश राउतले बताएका छन् ।

‘यसअघि मैले निर्देशन गरेको चलचित्र प्रकाशजस्तै यो चलचित्र पुजार सार्की पनि ग्रामीण भेकमै छायांकन गरिँदै छ । ‘चलचित्र प्रकाशलाई मैले कर्णाली प्रदेशमा छायांकन गरेको थिएँ भने चलचित्र पुजार सार्कीको पनि पश्चिम नेपालको ग्रामीण क्षेत्रमै छायांकन गरिने तयारी हुँदै छ,’ निर्देशक राउतले भने ।

यतिबेला पुजार सार्कीमा अनुबन्धित भएकी अभिनेत्री अञ्जना बराइली सफल चलचित्र महापुरुषकी अभिनेत्री हुन् । यस्तै अभिनेत्री परीक्षा लिम्बुले यसअघि ‘जारी’ र ‘छक्का पञ्जा ४’ जस्ता सफल चलचित्रमा अभिनय गरिसकेकी छन् । यसअघिका चलचित्रमा उनीहरूको काम उत्कृष्ट भएकाले नयाँ पुस्ताबाट यी दुई अभिनेत्रीलाई अनुबन्धित गरिएको पनि निर्देशक राउतले बताए ।

चलचित्रलाई संगीतकार सुभाष भुषालले निर्माण गर्दै छन् । यस चलचित्रमा संगीत पनि सुभाषकै रहेको छ । चलचित्र पुजार सार्कीलाई विकास सुवेदीले लेखेका हुन् । नेपाली समाजमा जातीयताका आधारमा गरिने विभेदलाई चलचित्रको मुख्य कथाका रूपमा प्रस्तुत गर्न लागिएको लेखक सुवेदीले बताएका छन् । प्रदीप खड्काको अघिल्लो चलचित्र प्रकाश पनि विकासले नै लेखेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोकतन्त्रलाई कम्युनिष्टले हरण गर्न सक्दैनन्
लोकतन्त्रलाई कम्युनिष्टले हरण गर्न सक्दैनन्
दुनियाको सबैभन्दा कठिन व्रत : छठ पर्व आइतवारबाट सुरु हुदै…
दुनियाको सबैभन्दा कठिन व्रत : छठ पर्व आइतवारबाट सुरु हुदै…
सीमामा सुरक्षाकर्मी छैनन्, सीमास्तम्भ हराए, नेपालतर्फ उजाड बन्दै
सीमामा सुरक्षाकर्मी छैनन्, सीमास्तम्भ हराए, नेपालतर्फ उजाड बन्दै
दर्जनौँ छात्रासहित अफगानिस्तानी ८७ जनालाई विष खुवाइएको पुष्टि
दर्जनौँ छात्रासहित अफगानिस्तानी ८७ जनालाई विष खुवाइएको पुष्टि
म्याग्दीका मतदाताको अपेक्षाः शान्ति, विकास र समृद्धि
म्याग्दीका मतदाताको अपेक्षाः शान्ति, विकास र समृद्धि
चर्चित व्यक्तिको विवरण पनि गोप्य नहुने
चर्चित व्यक्तिको विवरण पनि गोप्य नहुने
टिकटमा लुछाचुँडी भैरहेछ, कहाँ हट्यो सिन्डिकेट !
टिकटमा लुछाचुँडी भैरहेछ, कहाँ हट्यो सिन्डिकेट !
Breaking News : प्रहरीका ११ डिआइजीलाई एआइजीमा बढुवा (सूचीसहित)
Breaking News : प्रहरीका ११ डिआइजीलाई एआइजीमा बढुवा (सूचीसहित)
नीजि औषधी कम्पनी फस्टाइरहदा किन थला पर्यो सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेड ?
नीजि औषधी कम्पनी फस्टाइरहदा किन थला पर्यो सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेड ?
राम्रो काम गर्न नसक्ने मन्त्री फेर्नुपर्छः राजिव पहारी

तपाईंले छुटाउनुभयो कि?