छयालीस हजार यात्रुद्वारा टिकट बुकिङ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३, २०७४
|
|
३६ पटक हेरिएको
Shares
छयालीस हजार यात्रुद्वारा टिकट बुकिङ

सारांश

  • टिकट बुकिङ खुलेको एक हप्ता पुग्दा नयाँ बसपार्कबाट ४६ हजार ४६५ यात्रुले अग्रिम टिकट बुकिङ गराएका छन् ।
  • दशैँका लागि गत भदौ २७ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको थियो ।
  • भदौ २७ गते ११ हजार ८१७, २८ गते सात हजार ३३६, २९ गते छ हजार ७७४, ३० गते सात हजार ५९६, ३१ गते चार हजार ८९८, असोज १ गते चार हजार ६३० तथा असोज २ गते तीन हजार ४१४ जनाले अग्रिम टिकट बुकिङ गराएका हुन् ।

टिकट बुकिङ खुलेको एक हप्ता पुग्दा नयाँ बसपार्कबाट ४६ हजार ४६५ यात्रुले अग्रिम टिकट बुकिङ गराएका छन् ।

दशैँका लागि गत भदौ २७ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको थियो । भदौ २७ गते ११ हजार ८१७, २८ गते सात हजार ३३६, २९ गते छ हजार ७७४, ३० गते सात हजार ५९६, ३१ गते चार हजार ८९८, असोज १ गते चार हजार ६३० तथा असोज २ गते तीन हजार ४१४ जनाले अग्रिम टिकट बुकिङ गराएका हुन् ।

देशका विभिन्न भागमा जान नयाँ बसपार्क, गौशाला, सुन्धारा, पुरानो बसपार्क, कोटेश्वर, बल्खुलगायतका स्थानमा अग्रिम बुकिङ खुला गरिएको छ । सबैभन्दा धेरै यात्रु नयाँ बसपार्कबाट बाहिरिने गरेका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला दशैँका लागि ७० प्रतिशत टिकट बुकिङ भएकोे बताउनुहुन्छ । “सडकको दुरावस्था र वर्षाका कारण केही यात्रुले अझै पनि टिकट काटेका छैनन्,” उहाँले भन्नुभयो । गत वर्षको तुलनामा यस वर्ष कम टिकट बुकिङ भएको छ ।

बाटोको दुरावस्था र वर्षाका कारण दशैँ आउनुभन्दा १५ दिन पहिला नै हवाइजहाजको टिकट बुकिङ भइसकेको छ । विभागकाअनुसार यस वर्ष २० देखि २१ लाखसम्म यात्रु दशैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने सम्भावना छ ।

(https://conversionwise.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संगीतका पारखीहरुको माझमा रानु निरौला
संगीतका पारखीहरुको माझमा रानु निरौला
किन बढ्दैछ अस्ट्रेलियामा नेपाली विद्यार्थीको आत्महत्या ?
किन बढ्दैछ अस्ट्रेलियामा नेपाली विद्यार्थीको आत्महत्या ?
‘प्लाज्मा आयोन टेक्नोलोजी’बाट पैसा सङ्क्रमणरहित !
‘प्लाज्मा आयोन टेक्नोलोजी’बाट पैसा सङ्क्रमणरहित !
राष्ट्रिय सभा निर्वाचन : मंगलबारदेखि आचारसंहिता लागू, के-के गर्न हुँदैन ?
राष्ट्रिय सभा निर्वाचन : मंगलबारदेखि आचारसंहिता लागू, के-के गर्न हुँदैन ?
सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई शशांक कोइरालाको व्यंग्य !
सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई शशांक कोइरालाको व्यंग्य !
पदयात्रीलाई स्वास्थ्यसेवा उपलब्ध गराउन चिकित्सक टोली
पदयात्रीलाई स्वास्थ्यसेवा उपलब्ध गराउन चिकित्सक टोली
सभामुख कृष्णबहादुर महरालाई घोराही उपमहानगरको भव्य सम्मान
सभामुख कृष्णबहादुर महरालाई घोराही उपमहानगरको भव्य सम्मान
बसाइँसराइ रोक्न गाउँको विकास गर्नुपर्छ : रामचन्द्र पौडेल
बसाइँसराइ रोक्न गाउँको विकास गर्नुपर्छ : रामचन्द्र पौडेल
अर्गानिक चियाको माग बढ्दै
अर्गानिक चियाको माग बढ्दै
विधानअनुसार जिम्बा उठ्नुभएको हो, किन बेतुकको कुरा गरिहिँड्नु : अध्यक्ष थपलिया
विधानअनुसार जिम्बा उठ्नुभएको हो, किन बेतुकको कुरा गरिहिँड्नु : अध्यक्ष थपलिया