महोत्तरीम बस दुर्घटना, ५० जना घाइते

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १, २०७५
|
|
४३ पटक हेरिएको
Shares
महोत्तरीम बस दुर्घटना, ५० जना घाइते

सारांश

  • महोत्तरी, १ जेठ ।
  • बस दुर्घटनामा ५० जना घाइते भएका छन ।
  • मंगलबार ज १ ख ७०१ नंको यात्रुवाहक बस महोत्तरीको भिठ्ठामोडबाट जनकपुर गइरहेका क्रममा जलेश्वर नगरपालिका– ९ स्थित परिकौली चोक नजीकै दुर्घटना भएको थियाे ।

महोत्तरी, १ जेठ । बस दुर्घटनामा ५० जना घाइते भएका छन ।

मंगलबार ज १ ख ७०१ नंको यात्रुवाहक बस महोत्तरीको भिठ्ठामोडबाट जनकपुर गइरहेका क्रममा जलेश्वर नगरपालिका– ९ स्थित परिकौली चोक नजीकै दुर्घटना भएको थियाे ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार  घाइतेमध्ये जलेश्वर–९ का असरफ राइनको बसमा च्यापिएर खुट्टा भाँचिएको छ ।

दर्घटनमा परी अन्य सात जना पनि गम्भीर घाइते भएका छन् । घाइतेमध्ये १३ जनाको जिल्ला अस्पताल जलेश्वर र अन्यको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको तथा केही उपचारपछि आआफ्ना घर फर्केको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका यात्रुका अनुसार सो बसमा एक सयभन्दा बढी यात्रु कोचिएर बसेको र बस तीव्र गतिमा गइरहेका कारण बस चालकले बस नियन्त्रणमा लिन नसकेर बाटाको छेउमै रहेको खाल्डामा बस दुर्घटना भएको थियो ।

बस दुर्घटना भएलगत्तै चालक, सहचालक र अन्य बसका कर्मचारी फरार भएकाे प्रहरीले बताएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर नगरे देउवासँग सम्बन्ध तोड्ने मल्लको चेतावनी (भिडियोसहित)
हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर नगरे देउवासँग सम्बन्ध तोड्ने मल्लको चेतावनी (भिडियोसहित)
भ्रष्टाचारीले उन्मुक्ति नपाउनेः वरिष्ठ नेता नेपाल
भ्रष्टाचारीले उन्मुक्ति नपाउनेः वरिष्ठ नेता नेपाल
ट्राफिक कार्यालय भवनको शिलान्यास
ट्राफिक कार्यालय भवनको शिलान्यास
प्रतिनिधिसभामा आज प्रधानमन्त्री ओलीले जवाफ दिने, यस्तो छ कार्यसूची
आलेख : ब्यूँतिदै मध्यपुरथिमिका पुराना पोखरीहरु
आलेख : ब्यूँतिदै मध्यपुरथिमिका पुराना पोखरीहरु
राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि नुवाकोटे टाइगरलाइ
राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि नुवाकोटे टाइगरलाइ
बाच्छी काटेर मासु भाग लगाउँदै गर्दा चारजना पक्राउ
बाच्छी काटेर मासु भाग लगाउँदै गर्दा चारजना पक्राउ
राहत शिक्षक देशभरका  बिद्यालय बन्द गर्ने तयारीमा, सरकार मौन
राहत शिक्षक देशभरका बिद्यालय बन्द गर्ने तयारीमा, सरकार मौन
संसदीय समितिका बैठक स्थगित गरी बाढी पीडितको उद्धारमा जान कांग्रेसको प्रस्ताव
संसदीय समितिका बैठक स्थगित गरी बाढी पीडितको उद्धारमा जान कांग्रेसको प्रस्ताव
गृहनगरमा प्रधानमन्त्रीको व्यस्त दैनिकी
गृहनगरमा प्रधानमन्त्रीको व्यस्त दैनिकी