नेविसंघको प्राण बच्यो, माघ २ गतेभित्र महाधिवेशन !

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३, २०७५
|
|
३७ पटक हेरिएको
Shares
नेविसंघको प्राण बच्यो, माघ २ गतेभित्र महाधिवेशन !

सारांश

  • काठमाडौं ।
  • नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन गर्नका लागि २ महिना समय थप गरी विधान संशोधन गरिएको छ।
  • आइतवार बसेको काँग्रेस केन्द्रिय समिति बैठकले नेविसंघको विधान परित गर्दै माघ २ गतेभित्र महाधिवेशन गर्न समय थप गरेको हो।

काठमाडौं । नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन गर्नका लागि २ महिना समय थप गरी विधान संशोधन गरिएको छ। आइतवार बसेको काँग्रेस केन्द्रिय समिति बैठकले नेविसंघको विधान परित गर्दै माघ २ गतेभित्र महाधिवेशन गर्न समय थप गरेको हो।

काग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले सोबारे जानकारी दिदै यो दुईमहिनाको अवधिमा महाधिवेशन गर्न सकिने बताए। उनले विधान सर्वसहमतिबाट पारित भएको दावी गरे। महाधिवेशन गर्न दुई महिना समय पाएसंगै नेविसंघको प्राण जोगिएको छ। नत्र नेविसंघ आइतवारदेखि नै विघटनको संघारमा पुगेको थियो।

एघारौं महाधिवेशनपछिको नेतृत्वको समयसिमा गत भदौमा नै सकिएको थियो। आन्तरीक विवादका कारण दुई वर्ष्भित्र अधिवेशन गर्न नसकेपछि तीन महिना समय थप गरिएको थियो।

आन्तरीक रुपमा गुट–उपगुटमा विभाजित काग्रेसलाई नेविसंघको लफडा मिलाउन निकै सकस परेको थियो। नेविसंघको प्राण वचाउन अघिल्लो दिन नै काग्रेस केन्द्रिय समितिले निर्णय गर्न खोजे पनि शीर्ष नेताहरुको असहमतिका कारण बैठक स्थगित भै आइतवार पुनः बसेको थियो। आइतवार दिउँसो बोलाइएको बैठक सहमतिको प्रयास गर्दा गर्दै राती अवेर मात्र बसेको थियो।

विधानतः स्वतः भङ्ग हुने अवस्थामा पुगेपछि नेविसंघको वर्तमान कार्यसमितिले नै दुईमहिनाभित्र अघिवेशन गर्ने गरि विधान संशोधन गरिएको काग्रेस केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेट अभावमा अधूरै रामपुरको ‘शहीदस्मृति पार्क’
बजेट अभावमा अधूरै रामपुरको ‘शहीदस्मृति पार्क’
Câmara Aprova Projeto Que Tributa Apostas Esportivas Com Cassinos Online; Texto Vai A Sançã
उपकुलपतिका विषयमा थुप्रै उजुरी परेका छन्, छानबिन हुन्छ : प्रधानमन्त्री ओली
उपकुलपतिका विषयमा थुप्रै उजुरी परेका छन्, छानबिन हुन्छ : प्रधानमन्त्री ओली
कांग्रेस महासमिति बैठक लम्बिने संकेत
कांग्रेस महासमिति बैठक लम्बिने संकेत
रक गायिकाको अश्लिल प्रस्तुतिले हंगामा, लौरो लिएर घोच्न दर्शक चढे स्टेज (तस्विर)
रक गायिकाको अश्लिल प्रस्तुतिले हंगामा, लौरो लिएर घोच्न दर्शक चढे स्टेज (तस्विर)
यसरी पो जाँदो रहेछ शीतल निवासबाट सोझै सर्वोच्चमा सूचना
यसरी पो जाँदो रहेछ शीतल निवासबाट सोझै सर्वोच्चमा सूचना
जुम बैठकमा पर्यटनमन्त्री योगेश भट्टराई बोल्दै गर्दा बज्यो पोर्न भिडियो
जुम बैठकमा पर्यटनमन्त्री योगेश भट्टराई बोल्दै गर्दा बज्यो पोर्न भिडियो
​कसैको आग्रह र स्वार्थमा संविधान संशोधन हुँदैनः अध्यक्ष ओली…
​कसैको आग्रह र स्वार्थमा संविधान संशोधन हुँदैनः अध्यक्ष ओली…
एमाले माओवादी एकताको अर्को साइत ‘मजदूर दिवस’
एमाले माओवादी एकताको अर्को साइत ‘मजदूर दिवस’
आज बडादशैको महाष्टमी, महाकालीको पूजा गर्दै कालरात्री गर्ने
आज बडादशैको महाष्टमी, महाकालीको पूजा गर्दै कालरात्री गर्ने