गोरु जुधाएर रमिता, ४५ हल गोरु घम्साघम्सी

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २, २०७५
|
|
२४ पटक हेरिएको
Shares
गोरु जुधाएर रमिता, ४५ हल गोरु घम्साघम्सी

सारांश

  • काठमाडौं ।
  • अघिल्ला वर्षहरुमा झैं यस वर्षको माघे सक्रान्तिमा पनि नुवाकोटमा गोरु जुधाएर रमिता हेरियो ।
  • गोरु जुधाउने मेलामा यसपटिक ४५ हल गोरु जुधाउँदै मेला सकिएको छ ।

काठमाडौं । अघिल्ला वर्षहरुमा झैं यस वर्षको माघे सक्रान्तिमा पनि नुवाकोटमा गोरु जुधाएर रमिता हेरियो । गोरु जुधाउने मेलामा यसपटिक ४५ हल गोरु जुधाउँदै मेला सकिएको छ ।

जिल्लाको पहिचानका रुपमा विकास हुँदै गएको गोरु जुधाइने मेलाको मुख्य थलो तारुकासहित पाँच स्थानमा गोरु जुधाइएको हो । तारुका, बेत्रावती, घलेगाउँ, कट्टिछाप र शेराबगरमा गरी यो वर्ष ४५ हल गोरु जुधाइएको हो । तारुकामा २२ हल गोरु जुधाइएको थियो ।

मेलाको उद्घाटनगर्दै युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले तारुकाको गोरु जुधाइ देशकै पहिचानका रुपमा विकास भएकाले यसलाई व्यवस्थित र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय पहिचान स्थापित गराउन सरकारले सहयोग गर्ने पनि आश्वासन दिए ।

प्रतिनिधिसभा सांसद नारायणप्रसाद खतिवडाले तारुकाको गोरु जुधाइने पाटोलाई सरकारीस्तरबाट खरीद गरेर खेलमैदानका रुपमा विकास गर्नुपर्ने बताए । जिल्लाका विभिन्न स्थानमा पहिले गोरु जुधाउने गरिएकामा नुवाकोटको तारुकाले व्यवस्थित रुपमा २०६२ सालबाट गाउँभरिका जुरे बहर गोरु एकै थलोमा जुधाउने चलनको शुरुवात भएको थियो ।

गोरु जुधाइ हेर्न हजारौँ दर्शक ओइरिएको देखेपछि जिल्लाका अन्य भागमा पनि गोरु जुधाउने परम्परालाई ब्यँुताउने काम भएको छ । तारुकामा विजेता गोरुधनीलाई ६ हजार र हार्ने गोरुका धनीलाई चार हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?