प्रहरी जनमुखी, पारदर्शी र संविधानअनुरुप चल्नुपर्नेमा जोड

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २८, २०७४
|
|
३७ पटक हेरिएको
Shares
प्रहरी जनमुखी, पारदर्शी र संविधानअनुरुप चल्नुपर्नेमा जोड

सारांश

  • पोखरा, २८ माघ , प्रदेश प्रहरी कार्यालय पोखराको नवनिर्मित सुविधासम्पन्न भवन आज उद्घाटन गरिएको छ ।
  • नेपाल सरकार, भौतिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत करीव रु चार करोड ४८ लाखको लागतमा बनेको सो तीनतले पक्की भवनमा ३० कोठा छन् ।
  • पार्दीस्थित तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको हातामा निर्मित उक्त भवनको प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आज यहाँ उद्घाटन गर्दै प्रहरी जनमुखी, पारदर्शी र संविधानअनुरुप चल्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा, २८ माघ , प्रदेश प्रहरी कार्यालय पोखराको नवनिर्मित सुविधासम्पन्न भवन आज उद्घाटन गरिएको छ ।

नेपाल सरकार, भौतिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत करीव रु चार करोड ४८ लाखको लागतमा बनेको सो तीनतले पक्की भवनमा ३० कोठा छन् । पार्दीस्थित तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको हातामा निर्मित उक्त भवनको प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आज यहाँ उद्घाटन गर्दै प्रहरी जनमुखी, पारदर्शी र संविधानअनुरुप चल्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्राकृतिक सौन्दर्यले युक्त पोखरामा शान्ति सुरक्षाको प्रत्याभूति भएमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कास्कीका प्रजिअ तारानाथ अधिकारीले शान्ति सुरक्षामा देखिएका चुनौतीको सामना गर्न प्रहरीलाई प्रविधियुक्त बनाउँदै लैजानुपर्ने औँल्याउनुभयो ।

प्रदेश नं ४ कार्यालय पोखराका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कमलसिंह बलले मुलुकमा भएको १० वर्षे जनयुद्ध र भूकम्पका कारण प्रहरी कार्यालयका भौतिक संरचना ध्वस्त भए पनि प्रहरीले जनताको सेवामा समर्पित हुँदै आएको जानकारी दिनुभयो । कार्यक्रममा प्रहरी नायब महानिरीक्षक पुष्पचन्द्र रञ्जितले नवनिर्मित भवनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै भौतिक संरचना निर्माणले प्रदेशको शान्ति सुव्यवस्था कायम गर्न सहयोग पुग्ने बताउनुभयो ।

(voiceoverherald.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तेह्र सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
तेह्र सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
घोषित मितिमै निर्वाचन गराउन भूमिका खेल्ने माओवादी निर्णय
घोषित मितिमै निर्वाचन गराउन भूमिका खेल्ने माओवादी निर्णय
३३ किलो सुन काण्डका नाइके छाड्नेलाई सर्वोेच्चले सोध्यो, ‘किन छोडेको?’
३३ किलो सुन काण्डका नाइके छाड्नेलाई सर्वोेच्चले सोध्यो, ‘किन छोडेको?’
ओली सरकारका विधेयक किन विवादै विवादमा ?
ओली सरकारका विधेयक किन विवादै विवादमा ?
रेशम चौधरी दोषी ठहर, लक्ष्मण थारुको सजाय घट्यो
रेशम चौधरी दोषी ठहर, लक्ष्मण थारुको सजाय घट्यो
उदयपुरमा रहेको शहरी भबन डिभिजन कार्यालय सारीने: पुगेन उदयपुरे नेताको पहुँच
उदयपुरमा रहेको शहरी भबन डिभिजन कार्यालय सारीने: पुगेन उदयपुरे नेताको पहुँच
बाढीले बगाएको मोटरेबल पुलको टेण्डर प्रक्रिया रोकिएकोमा सांसदको आपत्ति
बाढीले बगाएको मोटरेबल पुलको टेण्डर प्रक्रिया रोकिएकोमा सांसदको आपत्ति
विप्लव नेकपाबाट हेमन्त प्रकाश वली र धर्मेन्द्र बास्तोला निष्काशित
विप्लव नेकपाबाट हेमन्त प्रकाश वली र धर्मेन्द्र बास्तोला निष्काशित
संखुवासभा हत्या प्रकरणः आफन्तबाटै हत्या
संखुवासभा हत्या प्रकरणः आफन्तबाटै हत्या
सदस्यता : २०१० सालमा मोहनविक्रमले लिए, ६० वर्षपछि कमलराजले लिए
सदस्यता : २०१० सालमा मोहनविक्रमले लिए, ६० वर्षपछि कमलराजले लिए